घुमुवा प्रहरी हु भन्ने एक जनालाई समात्यो  पर्सा प्रहरीले 

घुमुवा प्रहरी हु भन्ने एक जनालाई समात्यो पर्सा प्रहरीले 

वीरगंज १५ मंसिर

घुमुवा प्रहरी हुँ’ भन्दै व्यापारीबाट पैसा असुल्दै हिँडेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ स्थित लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

५/६ महिनादेखि आफू मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी रहेको भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाइरहेको सूचना प्राप्त भएपछि कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

सिर्सिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई स्थानियको सहयोगमा बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ हरपतगञ्जबाट पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।