चुनावको मुखमा जसपा पार्टी परित्याग गरी बहुदरमाई नगरपालिका युवाहरु एमाले प्रवेश

वीरगञ्ज २३ पर्सा

जनता समाजबादी पार्टी नेपाल प्रतियाग गरि बहुदरमाई नगरपालिका वडा न.३ का युवाहरूले आज नेकपा एमाले मा प्रवेश गरेका छ्न।

नेकपा एमाले बहुदरमाई नगर कमिटिले आज फुलकौल आयोजना गरेको एक कार्यक्रमका बिच नेकपा एमाले का युवा नेता तथा बहुदरमाई नगरपालिका का पुर्व सांसद राजकुमार गुप्ता तथा नगर प्रमुख को सबल उम्मेदवार कमरेड शिवा पटेलले मराजन माली , राजेस यादव ,सुरेस साह ,महमद रफीक देवान , कैलास मुखिया लगायत युवाहरू लाई अबिर को टिका र गम्छा ओढाई पार्टी प्रवेश गराएका छन।

कार्यक्रममा नेकपा एमाले बहुदरमाई नगरपालिका को चुनाव परिचालन समिती को सह-संयोजक कृष्णा यादव , वडा न.३ का वडा अध्यक्ष दिनेश प्रसाद यादव ,पुर्व गा.बि.स अध्यक्ष बाबुलाल यादव, बिजय यादव ,राजन पटेल ,लखन पटेल , बिनेक पटेल,र नेकपा एमाले का नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।