भारत–नेपाल सम्बन्ध अन्तर्गत उदयपुरमा विद्यालय भवनको शिलान्यास

काठमाडौं, एजेन्सी । नेपालका लागि भारतका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र नेपालका संसदीय मन्त्री नारायण खड्काले उदयपुर जिल्लाको बलेका नगरपालिका स्थित जनता बेलाका माविको विद्यालय भवनको शिलान्यास गरेका छन् ।
नेपालको उदयपुर जिल्लामा विद्यालय भवनको शिलान्यास गरिएको दूतावास भारतीय दूताबासबाट जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएका हुन् ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत रु ३.७९ करोड (२८६ हजार अमेरिकी डलर) को टेन्डर लागतमा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय निर्माण भइरहेको दूतावासले जनाएको छ ।
शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको अनुदान यस विद्यालयका लागि आवश्यक कक्षा कोठा र अन्य पूर्वाधार सुविधा सहितको तीन तले विद्यालय भवन निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा अघि बढिरहेको छ, जसलाई पहिले साना विकास परियोजनाहरू भनेर चिनिन्थ्यो । यो आयोजना उदयपुरको बेलका नगरपालिका मार्फत कार्यान्वयन भइरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका संसदीय मन्त्री नारायण खड्काले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।
काठमाडौं स्थित भारतीय दूतावासका डेपुटी प्रमुख प्रसन्न श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको अत्यन्त सुदृढ विकास साझेदारीको एउटा महत्वपूर्ण हिस्सा भएको बताए, जसले हालैका वर्षहरूमा सरकारका विभिन्न प्राथमिकताका क्षेत्रहरूमा फराकिलो प्रगति गरेको छ ।
उनले दुवै देशका जनताको पारस्परिक हितका लागि नेपाल सरकारको प्राथमिकता अनुसार यो विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकारको निरन्तर प्रतिबद्धता व्यक्त गरे । उनले गत महिना नेपालमा एचआईसीडीपी कार्यान्वयनको २० वर्ष सफल भएको पनि प्रकाश पारे ।
यस विद्यालयको भवन निर्माण सम्पन्न भएपछि यस नयाँ पूर्वाधारले श्री जनता बेलका माविका विद्यार्थीलाई राम्रो शिक्षा सुविधा उपलब्ध गराउन मद्दत गर्नुका साथै यस क्षेत्रमा शिक्षाको विकासमा टेवा पुग्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “सन् २००३ देखि भारतले नेपालमा विभिन्न क्षेत्रमा ५५० भन्दा बढी एचआईसीडीपीहरू लिएको छ र ४८८ परियोजनाहरू पूरा गरेको छ । जसमध्ये कोशी प्रदेशमा ८४ आयोजना छन् जसमा उदयपुरका ११ वटा आयोजना संचालनमा रहेका छन् । यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ एम्बुलेन्स र २३४ वटा स्कूल बस उपहार दिएको छ । जसमध्ये कोशी प्रदेशमा १ सय ४१ एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहार दिइएको छ जसमा उदयपुर जिल्लामा १२ वटा एम्बुलेन्स र १ स्कुल बस रहेको छ ।
निकट छिमेकी भएको नाताले भारत र नेपालले व्यापक र बहुक्षेत्रीय सहयोग साझा गरेका छन् । एचआईसीडीपीहरूको कार्यान्वयनले नेपालमा आफ्ना जनताको उत्थानमा नेपाल सरकारको प्रयासलाई बलियो बनाउन, प्राथमिकताका क्षेत्रमा विशेषगरी शिक्षा क्षेत्रमा पूर्वाधार विस्तार गर्न भारत सरकारको निरन्तर सहयोगलाई झल्काउँछ, दूतावासले भन्यो ।
श्रोतः एएनआई






