वीरगन्ज महानगरपालिकाका नगर प्रहरीको दादा गिरि प्राइम अटो ट्रेडर्सको मालिक माथि हातपात
वीरगन्ज महानगरपालिकाका नगर प्रहरीको दादा गिरि प्राइम अटो ट्रेडर्सको मालिक माथि हातपात

वीरगंज ५ सउन
फोहर फालेको विषय लाई लिएर वीरगन्ज महानगरपालिकाका नगर प्रहरीले आज पावर हाउस नजिक रहेको प्राइम अटो ट्रेडर्सको मालिक माथि हातपात गरेका छन।
भोजपुरी टाइम्स डेलि डट कम संग कुरा गर्दै प्राइम अटो ट्रेडर्सको मालिक संदिप साहले नगरप्रहरीले आफूहरुमाथि ज्यादती संगै हात पात गरेको बताएका छन । मेरो अफिसको केही फोहरहरु महानगरपालिकाको ट्रयाक्टरमा फालनका लागि आफ्नै अफिसको जमिनमा राखेको तर नगर प्रहरीले बिना कारण आफू लाई हातपात गरेको बताएका छन ।
उनले केही संख्यामा रहेको नगर प्रहरीहरु ले आफ्नो अफिसको क्याबिनमा गुन्डागर्दी शैलिमा पसेर फोहर फालेकोलेको निहुमा जबर्जस्ति रु ५००० चिट काट्न लगाएको बताए । त्यस्तै उनले कुन नीति नियम प्रवधानको आधारमा शुरु मै महानगरपालिका रु ५००० चिट काटेको कुरा सोधे पछि नगरप्रहरीका सर्फुदिन ले आफुलाई हातपात गर्दै अपहरण शैलीमा वीरगन्ज महानगरपालिका कार्यलय लगेको बताए ।