मन्दिरमा आउने भक्तजनलाई तुलसीको बिरुवा वितरण
मन्दिरमा आउने भक्तजनलाई तुलसीको बिरुवा वितरण

जनकपुर ९ पुस
२५ डिसेम्बरलाई तुलसी दिवसका रुपमा मनाउँदै जानकी मन्दिरमा वृक्ष मानव नामले चिनिने पर्यावरण अभियंता सुरेश शर्माले तुलसी बिरुवा वितरण कार्यक्रम आयोजना गरेका हुन् कार्यक्रम अन्तर्गत भक्तजनहरुलाई तुलसीको बिरुवा वितरण गरी तुलसीको महत्वबारे जानकारी गराइएको थियो ।
तुलसीको बिरुवा वितरण गर्दै आएका वातावरणीय इन्जिनियर सुरेश शर्माले तुलसीलाई हाम्रा घरघरमा देवीको रूप मानिने भएकाले यो सबै हिसाबले पवित्र रहेको बताउनुभयो । तुलसी रोपेको घरमा भगवानको वास हुने जनविश्वास छ ।
तुलसी एक बिरुवा हो जुन धार्मिक हिन्दू समुदायमा एक धेरै महत्त्वपूर्ण औषधीको रूपमा प्रयोग गरिन्छ। तुलसी हाम्रो आस्थाको प्रतीक मात्र होइन । यस बोटमा पाइने औषधीय गुणका कारण आयुर्वेदमा पनि तुलसीलाई महत्वपूर्ण मानिन्छ ।
तुलसीको बोटले धेरै प्रकारका रोगसँग लड्न मद्दत गर्ने उनले बताए । सबैभन्दा ठूलो कुरा के हो भने तुलसीको बोटमा कुनै साइड इफेक्ट हुँदैन ।
तुलसी एक बिरुवा हो जुन धार्मिक रूप मा हिन्दू समुदायमा एक धेरै महत्त्वपूर्ण औषधीको रूपमा प्रयोग गरिन्छ। तुलसी हाम्रो आस्थाको प्रतीक मात्र होइन । यस बोटमा पाइने औषधीय गुणका कारण आयुर्वेदमा पनि तुलसीलाई महत्वपूर्ण मानिन्छ ।






