यातायातका कार्यालय सहयोगी महेन्द्र र बिलौलिया हरिवंशले नियम बिपरितका कार्यहरु रोकेनन्, नियमनकारी निकाय मौन !
यातायातका कार्यालय सहयोगी महेन्द्र र बिलौलिया हरिवंशले नियम बिपरितका कार्यहरु रोकेनन्, नियमनकारी निकाय मौन !

अजय चौरसिया
वीरगंज २० पुस
यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजका कार्यालय सहयोगी महेन्द्र साहले पटके फाँटमा घुसको आतंक मच्चाई रहदां पनि नियमनकारी निकाय मौन देखिएको छ ।
महेन्द्र र उनका छोरा हरिवंश प्रसाद गुप्ताको कालाकर्तुत बारे पटक–पटक समाचार प्रकाशमा आए पनि जिल्ला प्रशासन कार्यालय पर्सा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा लगायतका नियमनकारी निकायले छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि नबढाउंदा सेवाग्रहीहरु आश्चर्यमा परेका छन् ।
भ्रष्ट महेन्द्र साहले करिब २०६८ साल देखि सवारी शाखामा कार्यरत्त रही पटके फाँटको जिम्मेवारी सम्हालदै आएका छन् । उनको अनिवार्य अवकाशको समय करिब ४ महिना बाकी रहेकोले उनी पटकेको रसिद काटदा “एनि हाउ पैसा कमाउ” अभियानमा तिब्र गतिले लागेको स्रोतको भनाई रहेको छ ।
नेपाली गाडी साहुहरुले आफ्नो गाडीको पटके रसिद कटाउन जाँदा रसिदको अलावा प्रत्येक गाडी धनीहरु सँग साहले २ सय देखि ५ सय सम्म र भारतीय पर्यटकहरुले भारतीय नम्बरको गाडी लिएर पटके कटाउन जाँदा उनीहरु सँग रसिदको अलावा साहले ५ सय देखि २ हजार सम्म असुल्ने गर्ने गरेको बताईन्छ ।
पटकेको रसिद काटन जिम्मा पाएका कार्यालय सहयोगी महेन्द्र साहले दैनिक करिब ५ हजारसम्म घुसको रकम असुल्ने गर्ने गरेको उनकै कार्यालयमा काम गर्ने एक जनाले नाम नछाप्ने शर्तमा बताउदै आएका छन् ।
कार्यालय सहयोगी महेन्द्रले आफु फुर्सद नभएको बेलामा छोरा हरिवंश प्रसाद गुप्तालाई पनि रसिद काटने जिम्मा दिने गरेको र उनी पनि सेवाग्रहीहरु सँग मोटो रकम हसुर्ने गरेको बताईन्छ । हरिवंश यातायातको कुनै कर्मचारी नभई बुवाको आडमा बिचौलियाको काम गर्दै आएको सञ्चारमाध्यमहरुमा सार्वजनिक भईसकेको विदितै नै छ ।
हरिले चितवन, नारायणघाट, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसन साहुहरु सँग मरमोलाई गरि एउटा ब्लुबुकको कम्तिमा ५ हजार रकम लिई मोटरसाईकल फाँटका अधिकृतहरुलाई मिलाई घटीमा २ हजार र बढीमा ३ हजार सम्म दिई सनाखत नामसारी गर्ने गराउने गरेको सोही फाँटमा कार्यरत्त एक जनाले बताए ।
हरि लेखनदास वा कर्मचारी नभए तापनि उनी बिचौलियाको रुपमा वर्षौ देखि काम गर्दै पछिल्लो समयमा अधिकृत सरोज आचार्य सँग सयकडो सनाखत नामसारी गराउन सफल भएका छन् । अधिकृत सरोजले सनाखत नामसारीको ब्लुबुकमा मात्र सही गरी ढाडामा प्रमाणित नगरी सनाखत नामसारी गर्दै लाखौं करोडौं असुलेर आफ्नो सरुवा गराई सिरहा टाप कसेका छन् । सनाखत नामसारी कानुन बिपरितका कार्यहरु हुन् ।
सवारी नामसारी गराउनका लागि लिने र दिने दुबै व्यक्तिको अनिवार्य उपस्थिति हुने नियम रहे पनि रकमको बलमा यस्तो कार्य हुदै आईरहेको बताईन्छ ।
कार्यालय सहयोगी महेन्द्र र उनको छोरा हरिको आतंकले सेवाग्रहीहरु सास्ती खेपिरहदां नव आगन्तुक कार्यालय प्रमुख उमेश रेग्मीले सेवाग्रहीहरुको काम सहज र सुलभ कसरी बनाउनु हुन्छ, हेर र पर्खको विषय बनेको छ ।
हरि र उनका बुवा महेन्द्रको कालाकर्तुतको बारेमा यस अनलाईनले पटक–पटक समाचार प्रकाशित गरेपछि हरिले आंत्तिएर सामाजिक सञ्जाल फेसबुकमा अशब्द भाषा प्रयोग गरी कमेन्ट गरेकोमा उनी माथि नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरो काठमाडौंमा उजुरी परेको छ ।






