युवा संघद्वारा राष्ट्रघाती सम्झौता खारेज गर्न माग

काठमाडौ । सत्तारुढ पार्टी नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले भारतीय दूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता रद्दको माग गरेका छन् । संघका संयोजक कृष्ण विकले विज्ञप्ति जारी गर्दै यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाडसमेत भएको बताएका छन् ।
हिजो १९ पुस २०८० का दिन नेपाल–भारत परराष्ट्रमन्त्री स्तरियरु हिजो वैठकवाट भएको निर्णयहरु मध्ये,नेपालको स्थानिय पालिकाहरुमा “उच्च प्रभावयूक्त सामुदायिक विकास योजना’’ कार्यक्रम अन्तर्गत सोझैं भारत सरकारले २० करोड दिन सक्ने गरी भएको सम्झौंताले स्वाभिमानी,देशभक्त र स्वाधिन युवा एवम् समस्त नागरिकको ध्यानाकर्षण भएको बताएको छ ।
उक्त बिज्ञप्तीमा भुगोल,जनसंख्या र सामर्थ्यमा सानो हौंला तर स्वाधिनताको सवालमा हामी सधै स्वतन्त्र थियौं र रहन चाहन्छौं । तसर्थ उक्त सहयोगको नाममा आन्तरिक मामिलामा माथीको यो किसिमको हस्तक्षेप अस्विकार्य त छदैछ के कारणले यो सरकार यस्तो सम्झौता गर्न वाध्य भयो जनता सामु छर्लङ्ग पार्न आग्रह गरेका छन् । साथै अविलम्म यो सम्झौंता रद्व गरी जनतासामु आत्मआलोचित वन्न नेपाल सरकारलाई सुझाव दिदै स्वाभिमान र स्वाधिनता को पक्षमा उठने राष्ट्रभक्ती आन्दोलनको युवासंघ नेपालले अगुवाई गरी सडकरु वाटै सम्झौता वर्खास्त गराउने चेतावनी समेत दिएका छन् ।






