श्री नेपाल स्काउट निमाविमा अध्यनरत्त विद्यार्थीहरुलाई स्विटर र जुत्ता वितरण

वीरगंज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका वडा नं. ३ मा रहेको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ईटियाहीमा अध्ययनरत्त विद्यार्थीहरुलाई आईतवार एक कार्जक्रमका बिच न्यानो कपडा र जुत्ता वितरण गरिएको छ ।
४१ क्लब नेपाल (४१ क्लब नं. ३) नेपालको सहयोगमा सो विद्यालयमा ध्ययनरत्त १३४ जना विद्यार्थीहरुलाई स्कूल ड्रेस स्विटर र जुत्ता वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश कुचार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगी संस्थाका मनोज दास र सतिस अग्रवाल, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया लगायतकाले विद्यार्थीहरुलाई सो समग्रीहरु वितरण गरेका थिए ।
सो अवसरमा व्यवस्थापन समितिका सदस्यहरु पारस बैठा, शिवशंकर साह गोढ, उमा देवी, सबिता देवी, मिना देवी, शिक्षकहरु राकेश चौरसिया, कमलेश चौरसिया, ललन पाण्डेय, गिता बैठा, विद्यालयका कर्मचारी, अभिभावक, स्थानिय बुद्धिजिवि, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।