बीआरआई(BRI) ऋणजालबाट बच्न अभियानको माग

बीआरआई(BRI) ऋणजालबाट बच्न अभियानको माग

राजविराज २७ पुस

राष्ट्रिय एकता अभियानले सप्तरीको राजबिराजमा राष्ट्रिय स्वाधीनता, बीआरआई BRIऋणजाल र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल’ बिषयक एक संवाद कार्यक्रमको आयोजना गरेको छ। यो कार्यक्रमको अध्यक्षता नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति रामकुमार यादवले गर्नुभएको थियो भने मुख्य अतिथि अभियानमा केन्द्रीय संयोजक विनय यादव हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा अभियानका वरिष्ठ नेता तथा सभासद बीपी यादव रहनु भएको थियो भने वक्ताहरूमा कृष्ण नन्द रजक, इंजिनियर इंद्र नारायण देव,डॉ शिव शंकर यादव, समाजसेवी शंकर सारदा, सामुदायिक प्रहरी सेवा केंद्रका हितनारायण लाल दास, दिनेश प्रसाद सिंह, अधिवक्ता साधना कर्ण, जसपा की आशा साह, तरुण दलका सीता प्रसाद यादव, इंजिनियर जगदीश मेहता, अध्यापक वरुण कुमार कर्ण, नगरपालिका सदस्य राजबीराज की ललिता कर्ण, सोनी रजकलगायतले आपनो मनत्वय राखेका थिए।कार्यक्रमको संचालन अभियानका जिल्ला अध्यक्ष पार्थो सरकारले गरेका थिए।

कार्यक्रममा राष्ट्रिय स्वाधीनताको महत्व, देशको आर्थिक दुर्गतीमा बीआरआई ऋणजालको भूमिका र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको व्ययभारबाट हुने आर्थिक नोक्सानका विस्तृत छलफल भयो । प्रमुख अतिथि विनय यादवले राष्ट्रिय एकता र विकासमा चीनबाट नेपालको राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न आबस्यक रहेको बताए। उनले पोखरा अन्तरराष्ट्रिय बिमानस्थलको लागि उपलब्ध गराईएको ऋण भोली नेपालको सार्वभौमसतालाई चुनौती दिए खतरा औल्याए।

यादवको भनाईमा समर्थन गर्दै अन्य बक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसङको बिआरआई सम्झौता खारेज गर्नुपर्नेमा सह्मती जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।