चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घट्यो, पहिलो नम्बरमा भारत

काठमाडौं । चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको छ। यससँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भविष्यको विकासमा चिन्ता बढेको छ ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश गत वर्ष नै दोस्रो स्थानमा आएको थियो । त्यसपछि भारतले नै विश्वको धेरै जनसंख्या भएको मुलुकको पहिलो स्थानमा आफूलाई उभ्याएको थियो । यो क्रम अझै जारी छ ।

चीनको तथ्यांकअनुसार यहाँको जनसंख्या १४० करोड अर्थात् एक अर्ब ४० करोड रहेको छ । यो गत वर्षको तुलनामा करिब २० लाख कम हो ।

जहाँ भारतको जनसंख्या १४२ करोड अर्थात १ अर्ब ४२ करोड छ ।

यी तथ्यांकहरूले चीनमा जन्मदर घट्दै गएको र देश द्रुत रूपमा सहरीकरण भइरहेको देखाउँछ ।

चीनले आफ्नो जन्मदर प्रतिएक हजार मानिसमा ६.३९ मा झरेको बताएको छ, जुन रेकर्ड न्यून हो ।

सन् १९८० देखि २०१५ सम्मको विवादास्पद एक बच्चा नीति पछि, चीनले विगतका वर्षहरूमा परिवारहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न अनुदान र अन्य नीतिहरूको सहारा लियो ।

तर, यी रणनीतिहरूले खासै प्रभाव पारेनन् ।

देशका महिलाहरूमा जीवनको गुणस्तर र करियरको बारेमा बढ्दो चेतनाको बीचमा जन्मदर निरन्तर घट्दै गएको छ । -बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।