‘पोके व्यापारी’देखि करोडपति सम्म: रुपेश पाण्डेको सुराकी तन्त्रले व्यापारी आतंकित

‘पोके व्यापारी’देखि करोडपति सम्म: रुपेश पाण्डेको सुराकी तन्त्रले व्यापारी आतंकित

 

काठमाडौ‌ँ । राजस्व अनुसन्धान विभागका नाममा व्यापारी–व्यवसायीलाई आतंक बनाइरहेका विवादास्पद व्यक्ति रुपेश पाण्डे बारे नयाँ तथ्यहरू सार्वजनिक भएका छन्। राजस्व छली गर्दै रातारात धनी बनेका पाण्डे आज राजस्व विभागका ‘सुराकी’ बनेर हिन्दाहा व्यापारीहरूलाई दुःख दिने मुख्य पात्रका रूपमा उजागर भएका छन्।

साइकलमा पोको बोक्दै सुरु भएको यात्रा
करिब १५–२० वर्षअघिसम्म बारा–पर्सा सीमाक्षेत्रमा ‘पोके व्यापारी’ का रूपमा मालसामान बोकेर सानोतिनो व्यापार गर्दै आएका पाण्डे पछि वीरगञ्ज–काठमाडौं रात्रिबसका खलासी बने। प्रहरी प्रशासनसँग नजिकिँदै गैरकानुनी व्यापार विस्तार गरेका उनले यही संरक्षणकै भरमा आर्थिक रूपले एकाएक उचाइ चुमेका थिए।

अख्तियार प्रमुख रहँदा झन् बलियो जालो
लोकमानसिंह कार्की अख्तियार प्रमुख भएको समयमा पाण्डेले सञ्चालन गरेको अम्बे सारीमा राजस्व छापामारी हुँदा सशस्त्र प्रहरी अधिकारी शैलेन्द्र खनाल स्वयं छापामा संलग्न प्रहरीलाई स्पष्टीकरण माग्नु, पाण्डेप्रति मिलेकै संकेत मानिएको थियो। यतिबेला नै पाण्डे–खनालको सम्बन्ध झन् मजबुत बनेको बताइन्छ।

विदेशी मदिरा प्रकरणले खुलायो ‘मिटरब्याजी जालो’
२०७८ पुस २२ मा काठमाडौँस्थित ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल परिवारलाई पाण्डे–सम्बन्धित समूहले मिटरब्याजको कारण पसलमै तालाबन्दी गरेपछि कथा अझै खुलस्त भयो। मिटरब्याज तिर्न नसकेर अग्रवाल परिवार भारत पलायन हुनुपरेको थियो। यसै प्रकरणमा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक (IGP) खनालको ‘भ्रष्टाचारको रकम’ मिटरब्याजी धन्दामा लगानी भएको आरोप समेत लाग्यो।

राजस्व विभागका ‘गोप्य हात’ ?
स्रोतहरूका अनुसार पाण्डे आजकल राजस्व अनुसन्धान विभागका लागि ‘सुराकी’को भूमिकामा देखिन्छन्। तर यो सुराकी व्यापारीको हितमा नभई स्वार्थी धम्की–त्रास फैलाएर व्यवसायीलाई दबाबमा राख्ने काममा प्रयोग भइरहेको आरोप छ।

धम्की, डराइ–धम्क्याइका घटना बढ्दै
व्यवसायीलाई ‘सडकमा पुर्याइदिन्छु’ भन्ने जस्ता धम्की दिने गरेको समेत उजागर भएको छ। प्रहरी प्रशासनसँगको गहिरो पहुँच, राजस्वसँगको साँठगाँठ र गैरकानुनी व्यापारबाट उब्जिएको आर्थिक तागतकै कारण पाण्डे अहिले ‘हिरो’ होइन, व्यवसायी समुदायका लागि एक किसिमको त्रास बनेको देखिन्छ। संभार: Facebook page The Dehat

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।