सनलाईट इङ्गलिस सेकेन्ड्री स्कूलमा कल्चरल फुड फेस्टिबल सम्पन्न

वीरगंज । सनलाईट इङ्गलिस सेकेन्ड्री स्कूल (एसईसि+टु म्यानेजमेन्ट)ले बुधवार कल्चरल फुड फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा रहेको सो स्कूलको कक्षा ११ मा अध्ययनरत्त विद्यार्थीहरुले स्कूल परिसरमा स्टलहरु बनाई विभिन्न प्रकारका स्थानिय तथा नेपाली खाना र खाजाका परिकारहरु बनाई विक्रि वितरण गरेका थिए ।स्कूलका प्रिन्सिपल आलोक चौरसियाको सभापतित्वमा सम्पन्न सो फेस्टिबलको प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले रिबन काटेर उदघाटन गरेका थिए । सो अवसरमा जिवन ज्योति स्कूलका शिव गुप्ता, साउथजोन स्कूलका सरोज चौधरी, अशोक संग्रौला, प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव लगायतका अतिथिहरुले विद्यार्थीहरुले बनाएको परिकारहरु खाएर विद्यार्थीहरुको मेहनत र लगनको खुलेरै प्रशंसा गरेका थिए ।सो फेस्टिबलमा भाजा पकौडी, पानीपुरी, चाट, सेल रोटी, चाय, घोंङ्गी, चिप्स पकौडा, नेपाली अचार, मोमो, चिकेन पिजा लगायतका करिब एक दर्जन स्टलहरु रहेको स्कूलका शिक्षक राजन चौरसियाले बताए । पढाईका साथै कसरी व्यवसाय गरेर कमाउन सकिन्छ भनि उदेश्यका साथ सो फुड फेस्टिबल आयोजना गरिएको शिक्षक चौरसियाले बताए ।
सो अवसरमा स्कूलका बोर्ड सदस्यहरु उमेश साह, बिजय चौरसिया, दिनेश साह, धनन्जय चौरसिया, राजेश साह, मनोज प्रसाद, शिवम साह लगायत शिक्षक, शिक्षिका, अभिभावक, सञ्चारकर्मी एवं विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।