समाजवादी अभिभारा पूरा गर्न माओवादी पार्टीहरु मिल्नुको विकल्प छैन : मैनाली

कठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका शहिद, वेपत्ता परिवार र घाइतेहरुको भागबन्डाको राजनीति नगर्न सवै धाराका माओवादी नेताहरु सँग आग्रह गरेका छन् ।
आइतवार नेकपा बिप्लव निकट विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तब्य राख्दै उपाध्यक्ष मैनालीले सवै धाराका माओवादी मिलेर उपलब्धीको रक्षा गनुपर्नेमा जोड दिए ।
‘जनयुद्दका सहिद, वेपत्ता परिवार र घाइतेको भागबन्डा राजनीति नगरौँ । ती सवै माओवादीका साँझा सम्पती हुन् । सवै मिलेर जनयुद्दका उपलब्धीको रक्षा गर्ने दायित्व हामी सवैको हो’, मैनालीको भनाई थियो, ‘ठूला नेताहरुवीच के कुरामा मनमुटाव छ, तपाईंहरु नै मिलाउनुस् । हाम्रो आग्रह छ–सहिद, वेपत्ता परिवार र घाइतेलाई बाँडेर उहाँहरुको सपनामाथि खेलवाड नगर्नुस् ।’
उपाध्यक्ष मैनालीले यो वा त्यो वहानमा सवै धाराका माओवादी नेता–कार्यकर्तामाथि मुद्दामामिला गर्ने प्रपंच भएको भन्दै सवै मिलेर त्यसको प्रतिरोध गर्नुपर्ने बताए । उनले माओवादी नेता–कार्यकर्ताकाका मुद्दामा चासो राख्ने न्यायलयले तत्कालीन राज्यपक्षबाट भएका गंभीर मानवअधिकार विरोधी घटनालाई नजरअन्दाज गरेको देखिन थालेको बताए ।
‘न्यायलयका निर्णयमाथि प्रश्न उठाउन खोजिएको होइन, तर हाम्रो मनमा प्रश्न छ–माओवादीलाई अपराधीकरण गर्न खोज्नेहरुले राज्यपक्षका अपराधमा किन मुख खोल्दैनन ?’, उनले भने, ‘यसकारण पनि तेरो–मेरो नभनी सवै धाराका माओवादी नेता–कार्यकर्ताको रक्षा हामी सवैको दायित्व हुनुपर्छ ।’
मैनालीले सडक, सदन र सरकार जहाँ पनि माओवादीको प्रभावकारी उपस्थिति रहेको बेला सवै मिलेर समाजवादी दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘हामीले आजको मात्र होइन भविष्यको लागि पनि राजनीति गर्ने हो । त्यसैले सवै एकजुट भएर समाजवादी दिशामा अगाडि बढौँ, यही नै आज सवै माओवादीको कार्यभार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।