नेपाल घुम्न आउने विदेशी पर्यटकको सूचीमा भारतीय शीर्ष स्थानमा, जान्नुहोस् को परे दोस्रो ?

नेपाल: नेपाल घुम्न आउने विदेशी पर्यटकको सूचीमा भारतीय शीर्ष स्थानमा, जान्नुहोस् को परे दोस्रो ?

काठमाडौ २१ फागुन

फेब्रुअरीमा नेपाल आउने विदेशी पर्यटकको सूचीमा भारतीयहरू शीर्ष स्थानमा छन्। नेपाल पर्यटन बोर्डले शनिबार सो जानकारी दिएको हो । गत महिना कुल ९७ हजार ४२६ पर्यटक नेपाल आएका थिए । जसमध्ये २५ हजार ५ सय ७८ भारतका थिए । त्यसपछि चीनबाट ९ हजार १ सय ८० र अमेरिकाबाट ९ हजार ८९ पर्यटकले हिमालयको भ्रमण गरेका थिए ।

एनटीबीका अनुसार यो सूचीमा ४ हजार ७९९ पर्यटकसहित थाइल्याण्ड चौथो स्थानमा छ भने बेलायत र बंगलादेश क्रमश ४५७१ र ४०९९ पर्यटकसहित पाँचौँ र छैटौँ स्थानमा छन् ।

‘फेब्रुअरीमा २५ हजारभन्दा बढी भारतीयले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएको छ, तर ठूलो संख्यामा भारतीय पर्यटक स्थलमार्गबाट पनि आएकाले वास्तविक संख्या योभन्दा बढी हो,’ NTB निर्देशक मणि लामिछानेले भने । जनवरीमा नेपालमा भारतबाट आउने पर्यटकको संख्या १८ हजार ४१ थियो । संभार : ई-डिप्लोमेटिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।