महिला दिवसको अवसरमा संघको महिला उद्यम समितिद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

महिला दिवसको अवसरमा संघको महिला उद्यम समितिद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

फागुन २१ गते, सोमबार

११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मोरंग व्यापार संघको महिला उद्यम समितिले पारस मल्टिस्पेसियालिटी हस्पिटलसँगको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

मोरंग व्यापार संघको महिला उद्यम समितिकी संयोजक श्रीमति बन्दना जैनज्यू, सचिव श्रीमती साधना झाज्यू, संघका वरिष्ठ अधिकृत श्री विनय कर्ण लाभज्यू सहित आभा फाउण्डेशनकी संस्थापक श्रीमति आभा अनुपमाज्यूको सक्रियतामा विराटनगर १६ स्थित दरैया वस्तीमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरबाट करिब २०० स्थानीयहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण एवं निःशुल्क औषधी वितरणबाट लाभान्वित भएका थिए ।

शिविर संचालनमा पारस मल्टिस्पेसियालिटी हस्पिटलको तर्फबाट वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. कविता यादव, फिजिसियन डा. स्नेहा झा, डेन्टिस्ट डा. उपमा राय लगायतका चिकित्सकहरुले निःशुल्क चिकित्सा सेवा प्रदान गर्नु भएको थियो अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहता, अस्पताल कोर्डिनेटर मो. सिफ्तैन रेजा अन्सारी (लक्की) र समाजसेवी ममता यादवले विशेष सहयोग गर्नु भएको थियो ।

शिविरमा मुख्यतः स्त्री रोग अन्तरगत महिलाहरुको महिनावारी, रक्तश्राव, बाँझोपन, छाला इन्फेक्सन, वान्ता, पिसाब, गाँठा–गाँठो तथा छाती, पेट, टाउको, हात खुट्टा आदि दुखाई जस्ता विरामीहरुले सेवा प्राप्त गरेका थिए । त्यस्तै, बच्चाहरुमा रुघाखोकी, वान्ता, ज्वरो, घाउ खटिरा आदि समस्या सहित पेट, छाती, आँखा, खुट्टा लगायत विभिन्न दुखाईका विरामी बच्चाहरुको सहभागिता रहनुका साथै सबै वर्ग अन्तरगत दाँत तथा गिजा दुख्ने, किरा लाग्ने, रगत बग्ने आदि समस्याले ग्रसित विरामीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।