वीरगन्ज रक्तसञ्चार केन्द्रलाई फ्रिज सहयाेग
वीरगन्ज रक्तसञ्चार केन्द्रलाई फ्रिज सहयाेग

फागुन २८ वीरगञ्ज
२ राउन्ड टेबल नेपालद्वारा आयोजित मेघा रक्तदान कार्यक्रममा संकलन हुने रगतलाइ सुरक्षित एवं व्यवस्थापनका लागि रेडक्रस रक्तसञ्चार केन्द्र बिरगंजलाई एक थान फ्रीज सहयोग स्वरुप उपलब्ध गराउनु भएकोमा राउन्ड टेबल नेपाल ८ का अध्यक्ष आकाश सरार्फ, मनिष प्रसाद लाठ, धिरज अग्रवाल, शुभम रुङ्टाले रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादवलाइ फ्रीज हस्तान्तरण गरेका छन ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै यादवले बिगतमा र हाल पनि साथै आउने दिनमा रक्तसञ्चार केन्द्रलाइ आवश्यक पर्ने सेपरेसन मेसिनको लागि समेत पलह गर्न गराउने कुरामा जोड दिनु भएकोमा अध्यक्ष आकाश सरार्फले सक्दो सहयोग गर्ने गराउने कुरा सबैमा जानकारी गराउदै शुभकामना दिनु भएको कुरा राजन श्रीवास्तवले जानकारी गराए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्रका सौरभ राज पान्डेय, डिल्ली माया घिमिरे, हरि राउत लगायतको उपस्थिति रहेको थियो ।






