श्रोत नखुलेका भारतीय र नेपाली नोट सहित मकवानपुरमा चार जना पक्राउ

मकवानपुर, २८ फागुन । श्रोत खुल्न नसकेको भारतीय र नेपाली रुपैया सहित चार जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएका छन् ।
विशेष सूचनाका आधारमा पूर्वबाट पश्चिम तर्फ गईरहेका बिआर ०१ एआर २९९१ नम्बरको कारलाई विशेष सूचनाको आधारमा मकवानपुरको रातोमाटेमा चेकजाँच गर्दा श्रोत खुल्न नसकेका भारतीय र नेपाली रुपैया सहित तिन भारतीय र एक नेपाली गरेर चार जनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएका हुन् ।
भारत विहार सितामढी जिल्ला भुभैरवो वडा नं. ९ का ३० बर्षिय राकेश कुमार राय, सोही ठाउँका ३० बर्षिय चान्द बाबु, ३७ बर्षिय अशोक राय र जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं. ४ का ३२ बर्षिय निजाम मिँयालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
नियन्त्रणमा लिइएका चारै जनाको साथबाट पाँच लाख उनन्पचास हजार भारतिय रुपैया र दुई लाख पचास हजार नेपाली रुपैया फेला परेको बताइएको छ । स्रोत नखुलेको रुपैया र कारसहित ४ जनालाई कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी श्रोतबाट बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।