नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ

नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ

चैत २६ काठमाडौं

वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले अनलाइनखबरलाई जानकारी दिए । सभांर : अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।