पारुल युनिभर्सिटीले अमानविय खाना खुवाउदै गरेको खुलासा, कथित भाडाका पत्रकार बोलाएर ठग चौरसियाले विद्यार्थीहरुलाई गुमराहमा पार्दै

वीरगंज । भारतको गुजरातमा रहेको पारुल युनिभर्सिटीको छात्रावासको खानामा किरा, झिंगा, मुसा भेटिएको सन्दर्भमा यस अनलाईन लगायत दर्जनौं मिडियाहरुमा समाचार प्रकाशन भए पछि पारुलमा पढने विद्यार्थीहरुको अभिभावक तथा शिक्षाविद्धहरुमा व्यापक चर्चाको विषय बनेको छ ।
पारुल युनिभर्सिटीको व्यवस्थापन कमजोर रहेकोले छात्रावासमा बसेका विद्यार्थीहरु गलत क्रियाकलाप गर्दै गरेको, बिमल, तुलसी लगायतका गुटखाहरु खाने गरेको यस अनलाईनलाई प्राप्त एक भिडियोमा प्रष्टै देखिन्छ । पारुलको खाना मानविय खाना नरहेको र व्यवस्थापनको लापरवाहीका कारण छात्र–छात्राहरु अध्ययन भन्दा बढी समय ठट्टा गरेर बिताउने गरेकोले नेपालमा सो युनिभर्सिटीलाई रोक लगाउन शिक्षाविद्धहरुको भनाई रहेको छ ।
नेपालबाट पारुलमा एच.ए. पढन गएका विद्यार्थीहरुलाई त्यहाँ सिएमए पढाउने गरेको र छात्रावासको खानामा झिंगा, किरा, मुसा भेटिएको र आफुहरुलाई भने अनुसारको सुविधाहरु नपाएको भन्दै करिब दुई महिना समय बिताएर भागेर आएका ५ जना पिडित विद्यार्थीहरुले पारुलको पोल खोल्दै आफुहरु ठगीमा परेको स्थानिय प्रहरी प्रशासनमा सामुहिक रुपमा निवेदन दिएका थिए ।

सो निवेदन माथि जिल्ला प्रहरी कार्यालय पर्सामा छलफल हुँदा पिडक नेसेन्ट एजुकेशन फाउन्डेसन प्रा.लि.ले आफ्नो गल्ती स्विकार गर्दै पिडित विद्यार्थीहरुलाई रकम फिर्ता गर्ने सहमति गरेर प्रहरीबाट उन्मुक्ति पाएका थिए । पारुलमा पर्सा, बारा, रौतहटका विद्यार्थीहरुलाई भर्ना गराउने आधिकारिक ठेक्का लिएका नेसेन्ट एजुकेशन फाउन्डेसन प्रा.लि. वीरगंजले विद्यार्थी र अभिभावकहरुलाई गुमराहमा राख्दै आफ्नो दुनो सोझ्याउने गर्ने गरेको बताईन्छ ।
वीरगंज घण्टाघर लिंकरोडमा स्थित नेसेन्ट एजुकेशनका सञ्चालक रंजित पडित, सह–सञ्चालक अजित चौरसिया र सहयोगी लालमहम्मद अंसारी लगायतकाले नेसेन्टको नाममा ठगी गर्दै गरेको र पारुल युनिभर्सिटी लगायत अन्य युनिभर्सिटीको नाममा नक्कली सर्टिफिकेट पनि बनाउने गरेको समाचार स्रोतको कथन रहेको छ ।
पिडित विद्यार्थीहरुले दिएको निवेदन, पारुलको छात्रावासको खानामा भेटिएको झिंगा, किरा र मुसाको फोटो, भिडियोको प्रमाणको आधारमा समाचार प्रकाशन हुँदा नेसेन्टका सञ्चालक रंजित पडितले गत आईतवार एक भाडाका तथाकथित पत्रकार बोलाई मनगडन्ते कुरा राखी विद्यार्थी र अभिभावकहरुलाई गुमराहमा राख्ने प्रयास गरेका थिए । सो को भोलिपल्ट पुनः दर्जनौं मिडियाहरुले अभिभावक र विद्यार्थीहरुलाई सचेत गराउदै शिक्षा माफिया रंजित पडितको कालाकर्तुतहरुको उजागर गरेको थियो ।
उजागर भए पश्चात फेरी लाजैशर्म नभएका त्यही भाडाका तथाकथित पत्रकारलाई नेसेन्टका सह–सञ्चालक अजित चौरसियाले बुधवार बोलाई विद्यार्थी र अभिभावकहरुलाई गुमराहमा राख्दै पारुलको व्यवस्थापन राम्रो रहेको दाबी गरेका थिए । समाजिक सञ्जाल फेसबुकको एक पेजमा हेरिएको सो भिडियोमा कथित प्रस्तोतालाई प्रश्न सोध्नै नआउने र जवाफ दिने चौरसियालाई बोल्नै नआउने प्रष्ट देखिन्छ ।पत्रकारिता समाजको ऐना हो, जे यथार्थ कुरा हुन्छ, पत्रकारले त्यही कुरा पस्केर जनतालाई सुसुचित गराउनु पर्ने हुन्छ । तर वीरगंजमा नामधारी र कार्डधारी तथाकथित केही पत्रकारहरुको कारण सिंगो पत्रकारिता जगत नै बदनाम हुदै गईरहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ती तथाकथित पत्रकारले दर्जनौ मिडियामा आएका समाचारहरु प्रमाण सहित रहेको हेरे पनि शिक्षा माफिया रंजित पडितको तलुवा चाटन उनको कार्यालय पुगेर पडितलाई चोख्याउने प्रयास गरेका थिए ।
पत्रकारिताको खोल ओढेर दिनलाई रात र रातलाई दिन भन्दै आफ्नो जिविकोपार्जन गर्दै आएका त्यस्ता भुस्याहा कथित पत्रकारहरुको कारण पाठकवर्गहरु आजित भईसकेका छन् । नेसेन्ट एजुकेशनका ठगहरुले त्यस्ता दुई चार जना भुजापकौडीमा विकाउने खाले पत्रकारहरुलाई आफ्नो चाप्लुसी र दलाली गराएर नेपालका सयकडौं विद्यार्थीहरुको भविषय सँग खेलवाड गरिरहेकोमा वीरगंज महानगरपालिका, स्थानिय प्रहरी प्रशासन लगायतका नियमनकारी निकायले छानबिन गरी यथाशिघ्र कारवाही प्रक्रिया अगाडि नबढाउंदा थप विद्यार्थीहरु ठगिने सम्भावना बढी रहेकोले शिक्षाविद्धहरु चिन्तित देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।