अपराधिक विश्वासघात मुद्दामा श्याम सुन्दर कलवार थुनामा

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने श्याम सुन्दर प्रसाद कलवारले अपराधिक विश्वासघात मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा रहेका छन् । विन्दवासिनी गाउँपालिका वडा नं. २ बस्ने रोहित प्रसाद चौहानको जाहेरीले कलवार थुनामा रहेका छन् । रोहित प्रसाद चौहानको दाई राजेश कुमार चौहान सँग श्यामसुन्दर कलवारको लेनदेन सम्बन्धि मुद्दामा कलवारले राजेश सँग सही गराई सादा चेक लिई बाउन्स गराई राजेश चौहानलाई दुःख दिए पछि राजेशको हकमा उनको भाई रोहितले सो मुद्दा दिएका हुन् ।
राजेशले सुरुमा कलवार सँग ५ लाख रुपैया ऋण लिई सोको साँवा र व्याज पटक–पटक गरी कलवारलाई २० लाख बुझाई सक्दा पनि राजेशले दिएको सादा एउटा चेकमा ८ लाख र अर्को चेकमा ८ लाख ५० हजार रकम उल्लेख गरी बैंकबाट सो चेकहरु बाउन्स गराई चौहानको विरुद्धमा बैंकिङ्ग कसुर र चेक अनादर मुद्दा दर्ता गराएको बताईएको छ । सो को मुद्दा नं. ०७९–ऋद्य–०१२५ रहेको छ । सो मुद्दामा पिडित राजेश चौहानलाई दण्ड र जरिवाना भए पछि उनका भाई रोहितले कलवार माथि अपराधिक विश्वासघात मुद्दा दर्ता गराएका हुन् । यस कार्यमा श्यामसुन्दर कलवारलाई उनका भाई बृजकिशोर कलवारले सहयोग गर्दै आएको बताईन्छ ।
केही दिन पहिला एउटा मिडियामा श्यामसुन्दर कलवारले राजेश चौहान सँग हाम्रो कुनै लेनदेन नरहेको जनाएका थिए । अब प्रश्न उठछ, जब राजेश सँग कुनै किसिमको लेनदेन नै छैन भने उनी सम्मानित अदालतमा राजेश चौहान विरुद्ध किन बैंकिङ्ग कसुर र चेक अनादर मुद्दा दिए ? कलवारले रकमको साँवा र व्याज लिए पनि ऋणी चौहान सँग लिएको सादा चेक र कपाली तमसुक फिर्ता नगरी उलटै ऋणी माथि बैंकिङ्ग कसुर र चेक अनादर मुद्दा दिएकोले कलवारलाई थुनामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






