“कांग्रेसको बलियो संगठन, विकासको स्पष्ट संकल्प” — वीरगंज–१७ अलौंमा पार्टी कार्यालय उद्घाटन

“कांग्रेसको बलियो संगठन, विकासको स्पष्ट संकल्प” — वीरगंज–१७ अलौंमा पार्टी कार्यालय उद्घाटन

वीरगंज २१ माघ

वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा आज एक कार्यक्रमका बीच नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गरिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र जनतासँगको सम्पर्क विस्तारका लागि कार्यालय उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का उम्मेदवार अजय कुमार चौरसिया, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरुप कुर्मी, पूर्व मन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका उपसभापति अशोक गुप्ता, अलौंका पूर्व गाविस अध्यक्ष ओम कृष्ण लामिछाने सहित पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम नेपाली कांग्रेस वडा अध्यक्ष शिवम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार अजय कुमार चौरसियाले नेपाली कांग्रेस विकास, लोकतन्त्र र समावेशिताको पार्टी भएको उल्लेख गर्दै “जनताको साथ, कांग्रेसको हात” नै आफ्नो चुनावी नारा रहेको बताउनुभयो। उहाँले युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने, कृषकलाई उत्पादन र बजारको सुनिश्चितता दिने, शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउने तथा स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउने कांग्रेसको स्पष्ट प्रतिबद्धता रहेको दाबी गर्नुभयो।

नेताहरूले कांग्रेस नेतृत्वकै पालामा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै अब ती उपलब्धिलाई थप विस्तार गर्ने समय आएको बताए। कार्यक्रममा सहभागी स्थानीय कार्यकर्ताले अलौं क्षेत्रमा संगठन मजबुत रहेको दाबी गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने संकल्प व्यक्त गरे। पार्टी कार्यालय उद्घाटनसँगै वडा नं. १७ अलौंमा नेपाली कांग्रेसले चुनावी गतिविधिलाई थप तीव्र बनाउने संकेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।