नेकपा एसको महाधिवेशन प्रतिनिधिमा पर्सा १ बाट अनिल र जोगमाया निर्विरोध चयन

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न महाधिवेशनका लागि पर्साको क्षेत्र नम्बर १ बाट अनिल कुमार पटेल र जोगमाया तामाङ्ग महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् ।
नेकपा एसको दशौं राष्ट्रिय महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुदैंछ । सो महाधिवेशनमा भाग लिनको लागि देशभरी नै प्रतिनिधि छनौट प्रक्रिया जारी रहेको छ ।
यसै क्रममा पर्साको क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा युवा संघ नेपालका केन्द्रिय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज अनिल कुमार पटेल र पर्सा पार्टीका सचिवालय सदस्य जोगमाया तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन अधिकृत मदन प्रसाद कुर्मीले जानकारी दिए ।
सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि पार्टीका ८ जनाले उम्मेदवारी दिएकोमा बाकीले उम्मेदवारी फिर्ता लिएपछि पेटल र तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन अधिकृत कुर्मीले जनाए । अनिल पटेल पर्सामा सबभन्दा कान्छो उमेरका प्रतिनिधि रहेका छन् । यसभन्दा अगाडि पर्सा क्षेत्र नं. ४ बाट पार्टीका केन्द्रिय प्रचार विभाग सदस्य राघव साह र पर्सा पार्टीका जिल्ला सचिवालय सदस्य भोला महतो थारु निर्विरोध निर्वाचित भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।