रौतहटमा हतियार सहित भारतीय नागरिक पक्राउ
रौतहटमा हतियार सहित भारतीय नागरिक पक्राउ

रौतहट १० असार
गौर नगरपालिका वडा नंबर २ महादेवपट्टीबाट हतियार सहित १ जना भारतीय नागरिकलाई शस्त्र प्रहरीले पक्राउ गरेका छन्।बोर्डरमा अवैध क्रियाकलाप बढे संगै शस्त्र प्रहरीले ठाउँ ठाउँमा चेकजाँच सुरु गरी नियन्त्रण गर्ने कार्य तीब्र गतिमा बढाएका छन्। चेकजाँचकै क्रममा गएराती रौतहट जिल्लाको गौर नगरपालिका वडा नंबर २ महादेवपट्टी नेपाल भारत सिमामा चेकजाँच गर्ने क्रममा हतियार सहित भारतीय नागरिक पक्राउ परेको शस्त्र प्रहरी नायव उपरीक्षक राजेश श्रेष्ठले जनाएको हो। पक्राउ पर्नेमा भारत सितामढी जिल्लाका बैरगनिया अशोगीका २१ बर्षीय राहुल राम पक्राउ परेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। रामले हिरो HF डिलक्स मोटरसाइकलको टुल बक्समा कटुवा पेस्तोल लुकाई छिपाई राखिएको अवस्थामा पक्राउ परेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। हतियार सहित पक्राउ परेको रामलाई आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको शस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताएका छन्।






