एलएस न्यूरो अस्पतालका चिकित्सक अन्सारी ठगी मुद्दामा पक्राउ

एलएस न्यूरो अस्पतालका चिकित्सक अन्सारी ठगी मुद्दामा पक्राउ

वीरगञ्ज ५ भदौ

ठगी मुद्दामा जिल्ल प्रहरी कार्यालय पर्साले एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।

बहुअरीस्थित एलएस न्यूरो अस्पतालमा कार्यरत मेडिकल अधिकृत अमिर हुसेन अन्सारीलाई प्रहरीले बुधवार अस्पताल परिसारबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनकाअनुसार ठगी सम्बन्धी मुद्दा दर्ता भएको हुँदा अनुसन्धानको लागि अन्सारीलाई पक्राउ गरिएको हो ।

अन्सारीलाई प्रहरी हिरासतमै राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।