परवानीपुर बजारमा फेमिली डेन्टल केयर सञ्चालनमा, न्युन्तम शुल्कमा उपचार गरिने ः डा. अहमद

वीरगंज । बाराको परवानीपुर गाउँपालिका वडा नं ३ स्थित हबिब मार्केटमा शनिवार देखि फेमिली डेन्टल केयर सञ्चालनमा आएको छ ।
एक दशक भन्दा बढी समय देखि दन्त चिकित्सको रुपमा सेवा दिदै आएका डा.सकिल अहमदले आज देखि संचालनमा ल्याएको सो डेन्टल केयरको उदघाटन वीरगंज महानगरपालिका वडा नं २१ का पूर्व वडा अध्यक्ष एवं काँग्रेस नेता हबिब मियाँले रिबन काटेर गरेका थिए । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेता मियाँले आज देखि संचालनमा आएको सो डेन्टल केयरबाट यस क्षेत्रका सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरे ।
उनले डा.सकिल अहमदको निगरानीमा संचालनमा आएको यस डेन्टल केयरले न्युन्तम शुल्कमा परवानिपुर लगायत यस क्षेत्रका नागरिकहरुलाई गुणस्तरीय, सुलभ र सहज दन्त उपचार सेवा प्रदान हुनेमा आफु विश्वस्त रहेको बताए ।
सो उदघाटन कार्यक्रममा बोल्दै डा.सकिल अहमदले परवानीपुरका स्थानियहरुको घरमै आएर सेवा दिने उदेश्यले आफु यो क्लिनिक संचालनमा ल्याएको बताए । यहाँको स्थानियहरु वीरगंजका विभिन्न ठाउँमा गएर दाँतको महंगो उपचार गराउने गरेको र कतिपय बिरामीहरु सन्तुष्ट समेत हुन नसकेकोले अब एकचोटी फेमिली डेन्टल केयरमा आएर उपचार गराउन आग्रह गरे ।
उनले यस क्लिनिकमा दाँतको एक्सरे सहित आधुनिक मेसिनहरुद्धारा उपचार हुने भएकोले कुनै किसिमको संकोच नमानी ढुक्क भएर उपचार गराउन सकिनेमा जोड दिए ।
यो क्लिनिक उदघाटन भएको पहिलो दिन आज ५० भन्दा बढी स्थानियहरुको निःशुल्क रुपमा उपचार गरिएको छ । प्रत्येक दिन बिहान १० बजे देखि राती ८ बजे सम्म यो क्लिनिकमा डा.सकिल अहमद र डा. पल्लभी मिश्राले सेवा दिने जनाईएको छ । सो उदाटन कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।






