ट्राफिक प्रहरी पोस्ट ड्राईपोर्ट र परवानीपुरको असुली कार्यले चालकहरु आतंकित

अजय चौरसिया /
वीरगंज ०८ कातिक, पर्सा जिल्लाको ड्राईपोर्ट र परवानीपुरमा रहेको ट्राफिक प्रहरी पोस्टका प्रमुख प्रहरी सहायक निरीक्षक राम सहाय यादव र परवानीपुरका प्रहरी नायब निरीक्षक भिम बहादुर बोहरा आएदेखि नियम विपरित सञ्चालित गाडीहरुबाट धमाधम रकम असुली गराई राखेको स्थानियहरुले गुनासो गर्न थालेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहत रहेको अति व्यस्त सड़क आइसीपी–वीरगंज–सुख्खा बन्दरगाह–पथलैया औद्योगिक सड़क खण्डलाई जोड्ने मुख्य स्थानहरूमा ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी सहायक निरीक्षक राम सहाय यादव र प्रनानि बोहराले व्यापक रुपमा असुली धन्दा सञ्चालनमा ल्याएको समाचार स्रोतले जनाएको छ ।
आइसिपिबाट छुटेको भारतीय मालवाहक गाडीहरुबाट ओभरलोडको नाममा ट्राफिक प्रहरीहरुले दुई सय देखि पाँच सयसम्म अवैध रुपले रकम असुली रहेको एक भारतीय ट्रकका ड्राइभरले नाम नछापने सर्तमा यस अनलाइनलाई बताए ।
क्षमता भन्दा बढी ओभर लोड सामान बोकेका कारण राजमार्ग तथा अन्य सडकहरू निर्माण गरिएको केही महिनामा नै भत्कने र तत्काल निर्माण गर्न नसक्दा झन् जीर्ण हुने कार्य बढी हुन थालेपछि वीरगंज सिर्सिया ड्राइपोर्ट तथा विभिन्न उद्योग कल कारखानाबाट निस्कने मालबाहक सवारी साधनमा क्षमताको परिधि निर्धारण गरिएको थियो ।
सुरुमा सो कार्यलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीले समेत अति कडाइका साथ ओभरलोडलाई रोकेका थिए । तर, पछिल्लो समय ओभर लोडबाट नै ट्राफिक प्रहरीले कमिसन खान थालेपछि सडक भत्कने क्रम बढ्दो रहेको स्थानियहरुको गुनासो रहेको छ ।
वीरगंजबाट परवानीपुर, जितपुर, सिमरा, पथलैया औधोगिक करिडोरमा उधोगको लागि कच्चा पदार्थ बोकेका सवारी साधनबाट विभिन्न कारण देखाएर जबर्जस्ती रकम असुली गरिरहेको र रकम नदिने सवारी साधनलाई घण्टो कुर्न लगाएर चिट काटने गरेको एक उधोगीले बताए । त्यसैगरी जितपुर सिमरा औधोगिक करिडोरबाट वीरगंजतर्फ आउने डण्डी, सिमेन्ट बोकेको ट्रक, ट्रयाक्टरबाट समेत ट्राफिक प्रहरीहरुले महिनावारी निश्चित गरेर रकम उठाउदै आएका छ्न ।
यसरी असुली गरिएको रकमहरुबाट नव आगनतुक जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट देखि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयासम्म भाग जाने गरेको समाचार श्रोतको दाबी रहेको छ ।
ओभर लोड गरि समान ढुवानी गर्ने उद्योग धन्दा, व्यवसायी लगायत सँग सेटिंग मिलाउने र निर्वाध रुपमा ओहोर दोहोर गर्न छूट दिएपछि ट्राफिक प्रहरीहरू मोटाए पनि यस क्षेत्रको बाटो अति जीर्ण भई दिनहुँ जसो दुर्घटनाको जोखिम बढेको बताइन्छ ।
सो क्षेत्रबाट सेटिङ्ग गरेपछि हिँड्ने गाड़ी चेक पोस्टमा पुग्दा ड्राईभरले “फलानो साहूको गाड़ी हो” भनेपछि ट्राफिक प्रहरीले कुनै किसिमको चेकजाँच नगरी जान दिने तथा सेटिंग नगर्ने गाड़ीवाललाई कारवाही गर्ने गरिएको ती स्रोतको कथन रहेको छ ।
आइसीपी, ड्राईपोर्ट हुँदै परवानीपुर भएर १०, १२ र १६ चक्के ओभरलोडका ठूला मालबाहक गाडीहरू निस्कने गर्दछन् । झण्डै दैनिक करिब एक सयवटा गाडीहरू सो क्षेत्र भइ गन्तव्य तर्फ जाने गरेका छन् ।
यसरी ट्राफिक प्रहरी कार्यालय पर्साले ओभरलोड गाडीहरुलाई समय–समयमा नियन्त्रणमा लिई कारवाही गरेको भनि प्रचारबाजी गरे पनि बाकी समयमा निर्वाध रुपमा असुली धन्दा दिन दु गुना रात चौगुना फष्टाएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ ।
वीरगंज बसपार्क, गण्डक चौक, पावरहाउस चौकका ट्राफिक प्रहरी पनि बदनामी कमाएरै भए पनि ट्राफिक व्यवस्थापनमा असफल देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।