काठमाडौँ नेशनल मेडिकल कलेज र शुभश्री महिला समूहको संयुक्त आयोजनामा वृहत् स्वास्थ्य शिविर सम्पन्न
काठमाडौँ नेशनल मेडिकल कलेज र शुभश्री महिला समूहको संयुक्त आयोजनामा वृहत् स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ १४ भदौ
काठमाडौँ नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र शुभ श्री महिला समूहको संयुक्त आयोजनामा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शनिवार अनामनगर, घट्टेकुलो स्थित काठमाडौँ नेशनल मेडिकल कलेजमा उक्त शिविर सम्पन्न भएको हो ।
प्रारम्भिक पहिचानले क्यान्सर जित्न सकिने हुँदा आम नागरिकलाई क्यान्सरबाट जोगाउन उक्त शिविर सञ्चालन गरिएको काठमाडौँ नेशनल मेडिकल कलेजका सिइओ जहाँगीर अन्सारीले बताए । उनले शिविरमा फोक्सो, स्तन र पाठेघर जस्ता क्यान्सरहरूको नि:शुल्क परीक्षण गरिएको बताए ।
त्यस्तै अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीका अनुसार उक्त शिविरमा १ हजार १ सय ६५ जना मानिसहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । उनले शिविरमा गम्भीर स्वास्थ्य समस्या देखिएका केही बिरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको बताए ।
बिहानैदेखि सुरु भएको शिविरमा अस्पतालका विभिन्न विभागका विशेषज्ञ चिकित्सकले बेलुकीसम्म सेवा प्रदान गरिएको अस्पताल मेनेजर दिलीप शाहले जानकारी दिए । काठमाडौँ नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।






