नेपाल रिटर्नी एशोसिएसन समाजवादी बारा द्वारा शुभकामना आदान प्रदान साथै कपडा वितरण कार्यक्रम सम्पन्न

नेपाल रिटर्नी एशोसिएसन समाजवादी बारा द्वारा शुभकामना आदान प्रदान साथै कपडा वितरण कार्यक्रम सम्पन्न

बारा १२ कार्तिक

नेपाल रिटर्नी एशोसिएसन समाजवादी बारा जिल्लाले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान साथै कपडा वितरण गरेको छ। कार्यक्रममा प्रमुख अतिथि एशोसियसनका अध्यक्ष प्रवीण पौडेल रहेका थिए भने कार्यक्रमको अध्यक्षता एशोसियशनका बरा जिल्ला अध्यक्ष अनिल शाहले गरेका थिए ।
सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत पार्टी समाजवादीका पोलीट ब्युरो सदस्य दिनेश राई बारा जिल्ला अध्यक्ष विजेन्द्र चौधरी , परवानीपुर गापा अध्यक्ष रामेश्वर पटेल ,सफल व्यवसायी समाज सेवी समी अग्रवाल ,समाज सेवी निर्मला देवी, अस्वानी अग्रवाल लगायत करिब ५०० जनाको उपस्थिति रहेको थीयो उक्त कार्यक्रम एशोसियशनका प्रदेश २ सहा इन्चार्ज राजेश गुप्ताले सञ्चालन गरेका थिए भने कार्यक्रम सफल बनाउन व्यवसायी कलिस्टर शाहको महत्वपूर्ण भूमिका रहेको थियो । कार्यक्रममा उपस्थितिमा दीपावली तथा छठ पर्वको शुभकामना साथै ३०० माहिला दिदीबैनी हरुलाई कपडा वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा रिटर्निको उद्देश्य महत्व विदेशमा जाँदाको दुख्ख समाजमा रहेको मीटर ब्याजको पीडा वित्तीय संस्थाबाट कारोबार गर्ने संन्देश, हाल भइरहेको कृषि उत्पादनको चर्को मूल्यको समाधान कृषि उत्पादन नै हो यसको लागि सरकारले अनावश्यक कर्मचारी कटौती गरी कृषि सैनिक भर्ना गरी सुरुवात गर्नु पर्ने कुरामा जोड दिँदै प्रमुख अथिति प्रवीण पौडेलले दिपावलीको छठको सुभकामना दिँएका थिए। उक्त कार्यक्रममा पोलिट ब्युरो सदस्यले हिमाल तराई पहाडमा रहेका नेपालीहरुले भाइचाराको सम्बन्ध राख्दै सबैको धर्ममा समान गर्नु हामी नेपाली तथा कम्युनिष्टको विशेषता रहेको प्रकाश पारेका थिए।
यसै गरी प्रमुख अतिथिबाट कपडा वितरण गर्दै कार्यक्रमका अध्यक्ष अनिल शाहले कार्यक्रममा उपस्थित सबैलाई युवा पलायन रोक्नु नै अबको समाधान हो परवानीपुर मात्र २०%युवा विदेश रहेको दर्दनाक अवस्था रहेको यसको समाधान कृषि उत्पादनमा हो भन्दै उपस्थित सबैलाई सुभकामना दिँदै कार्यक्रमको समापन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।