नेपालकी चर्चित साहित्यकार अस्मिता पटेल भारतमा सम्मनित

नेपालकी चर्चित साहित्यकार अस्मिता पटेल भारतमा सम्मनित

नेपालकी चर्चित साहित्यकार अस्मिता पटेललाई भारतको प्रतिष्ठित साहित्यिक संस्था कथाकुंज साहित्य सेवा परिषद पंजी, उत्तर प्रदेश द्वारा “केतकी साहित्य रत्न सम्मान 2024” बाट सम्मानित गरिएको छ। आइतबार उत्तर प्रदेशको लखीमपुर-खीरीस्थित मोहम्मदीमा आयोजित राष्ट्रिय काव्य महोत्सव एवं सम्मान समारोहमा उनलाई यो विशिष्ट सम्मान प्रदान गरिएको हो।

साहित्य सेवामा अस्मिता पटेलको योगदान निकै महत्वपूर्ण रहेको छ। उनी नेपाली साहित्यको क्षेत्रमा आफ्नो कलम मार्फत उत्कृष्ट कृतिहरू पस्कंदै आएकी छिन्। उनका साहित्यिक योगदानले नेपाली समाज र संस्कृतिलाई अझ उचाइमा पुर्याउने कार्य गरिरहेको छ। नेपाली साहित्यको प्रवर्धन र संरक्षणमा उनको अविरल प्रयासको कदर गर्दै, भारतको प्रतिष्ठित सम्मान प्राप्त गर्नु नेपाल र नेपाली साहित्यका लागि गौरवको विषय हो

यो सम्मानले भारत-नेपाल सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास समेत गरिएको छ। अस्मिता पटेलको यो सफलता नेपाली साहित्यप्रेमीहरूका लागि प्रेरणादायी रहनुका साथै उनको आगामी साहित्यिक यात्रामा थप उचाइ हासिल गर्नका लागि प्रेरणा बन्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।