पर्सागढीमा तीन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
पर्सागढीमा तीन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

पर्सा ७ मंसिर
सुरक्षित घरबास सबैलाई खेतीयोग्य जमीन किसान नाराका साथ जिल्ला भुमि अधिकार मन्च को आयोजना तथा राष्ट्रिय भुमि अधिकार मन्च नेपाल आत्मनिर्भर सेवा केन्द्र र राष्ट्रिय भुमि सन्जाल को सहकार्यमा पर्सा गढि नगरपालिका वडा नं ३ को सभा हलमा सङ्गठन एवं अभियान सृदढिकरणका लागि अभिमुखीकरण तीन दिने कार्यक्रम सम्पन्न भएको छ।
पाँच गते देखि शुरु गरी को कार्यक्रममा अपेक्षा संकलन, बुझेको कुरा समुदायमा बुझाउने सबै समुदाय मिलेर संगठन बनाउने, एलानी जग्गामा बसोबास गरेको व्यक्ति हरूलाई पुर्जा लिनको लागि संगठित हुने, गुठीको जग्गा कसरी आफ्नो नाउँमा ल्याउने रणनीति बनाउने, भूमिहीन आएको समस्या समाधानको लागि संगठित हुनुपर्ने, दुईवटा गाउँ मञ्चमा बैठक बसी समुदायहरूबाट सिक्ने अगुवाहरूको अनुगमन सुन्ने विकल्पहरूको खोजी गरी संगठन विकास कार्यमा लाग्न उत्प्रेरणा जगाउने जस्ता विषयहरूमा तीन दिनसम्म अभिमुखीकरण गरिएको छ।
अभिमुखीकरणको प्रशिक्षण राष्ट्रिय भूमि अधिकार मञ्चका कोषाध्यक्ष पार्वती धामी र प्रदेश सचिव अनुप माझीले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा ठोरी सखुवा पर्साउने पटेरवा सुगौली पर्सागढी नगरपालिकाको भूमिहीन हरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन पर्सागढी नगरपालिकाको नगरप्रमुख गोकर्ण पाठक ले गरेका थिए भने कार्यक्रममा विशिष्ट अतिथि पर्सागढी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुकमान्तमाङ,, राष्ट्रिय भूमि अधिकार का केन्द्रीय सदस्य बिन्दु श्रेष्ठ ,प्रदेश उपाध्यक्ष सीता लामा,वडा सदस्य इन्दु माझी सरबत चौधरी लगायतको सहभागिता रहेको थियो।
जिल्ला अध्यक्ष संजय पहरीको अध्यक्षतामा गरिएको छ भने कार्यक्रमको सहजीकरण राष्ट्रिय भूमि अधिकार मञ्च पूर्व जिल्ला अध्यक्ष दिपेश नेपाल ले सहजीकरण गरिरहेका छन्।






