‘जन्मदिनलाई सत्कर्ममा जोडौंं’ अभियानमा ऐक्यवद्धता जनाउदै डा. चौधरीले गरिन वृक्षारोपण, चौतर्फी प्रशंसा

अजय चौरसिया /
वीरगंज । तराई विकास तथा संचार केन्द्र नेपालले थालेको ‘जन्मदिनलाई सत्कर्ममा जोडौंं’ अभियान अन्तर्गत पर्साको पटेर्वा सुगौली गाँउपालिका–४ पटेर्वामा डा. प्रिती चौधरीको २६ औं जन्मदिनको अवसरमा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
पटेर्वा सुगौली गाउँपालकाबाट पहिलो महिला डाक्टर बन्न सफल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा कार्यरत्त डा. प्रिती चौधरी सो अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम प्रति ऐक्यबद्धता जनाउदै डा. चौधरीले आफ्नो जन्मस्थल पटेर्वा टोलको नेपाल राष्ट्रिय आधारभूत विद्यालय परिसरमा भव्य कार्यक्रम गरेर वृक्षारोपण गरेकी हुन् । विद्यालय परिसरमा अमला, बरगज, सपेता, आँप, अम्बक लगायत विभिन्न प्रजातिका करिब २ सय ५० वटा विरुवाहरु रोपिएका थिए ।
हाल युवा पिढीमा पश्चिमी सभ्यता हाबी हुदै गएको अवस्थामा डा. चौधरीले समाजमा सकारात्मक शन्देश प्रवाह हुने किसिमले बृक्षारोपण गरी मनाएकी हुन् । सो पालिकाको पहिलो महिला डा. चौधरीको यो कदम पनि जिल्लामा पहिलो नै भएको स्थानीय अगुवाहरुको भनाई रहेको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले आफनो गाँउठाँउलाई हरियालीयुक्त बनाउन र पर्यावरणीय सन्तुलन कायम राख्नका लागि हरेक गाँउ र टोलमा वृक्षारोपण गर्नुपर्ने बताए । तराई विकास तथा संचार केन्द्र नेपालले थालेको “जन्मदिनलाई सत्कर्ममा जोडौं” अभियान निक्कै प्रेरणादायी कदम भएको भन्दै यो अभियानमा हरेक नागरिक जोडिनुपर्ने सुझाएका थिए । उनले अहिले गरिने वृक्षारोपणको लाभ हामी लगायत भावी पुस्ताले उठाउने भन्दै उनीहरुले हरियाली वातावरणको महत्व र सत्कर्मको माध्यमबाट समाजसेवा गर्न सबैलाई प्रेरणा मिल्ने बताए ।
एक फरक प्रसंङ्गमा प्रमुख अतिथि चौधरीले हालको राजनीति कमाईखाने भाडो भएको टिप्पणी गर्दै आफु मन्त्री भएको बेला पर्सा जिल्लाको ग्रामीण भेगहरुमा सडक, पुल र बिजुली बत्ती ल्याएको दाबी गरे ।सो कार्यक्रमका विशिष्ट अतिथि प्रदेशसभा सदस्य श्याम पटेलले सकारात्मक सन्देश दिने गरी जन्मदिन मनाउनु निकै प्रभावकारी कदम भएको बताउदै पश्चिमा शैलीको नकारात्मक कुरामा भन्दा बृक्षारोपणले जलवायु परिवर्तनमा आउने ह्रास कम हुने बताए ।
सो अवसरमा आयोजक संस्था तराई विकास तथा संचार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द प्रसाद चौलागाईले प्राकृतिक श्रोत माथि चरम दोहन भईरहँदा पृथ्वीको अवस्तित्व नै संकट तर्फ धकेलिईरहेको सन्दर्भलाई मध्यनजर गर्दै विशुद्ध रुपमा सेवाभावका साथ रौतहट जिल्लाको चन्द्रपुर–९ सिन्दुरेघारी मर्दरचाँदीखोलाबाट पहिलो पटक अभियानको रुपमा आफुले सुरु गरेको यो अभियानले हाल देशभरबाट निरन्तरता र ऐक्यवद्धता पाईरहेकोमा खुशी व्यक्त गरे । सोही अभियानमा ऐक्यवद्धता जनाउदै डा. चौधरीले आफ्नो जन्मदिनको अवसरमा भव्य वृक्षारोपणको आयोजना गर्नु भएकोमा चौलागाईले आभार प्रकट गरेका थिए ।
केकमा ‘पेपरनिल केमिकल’ प्रयोग हुने हुन्छ । यस्तो खाँदै पश्चिमा शैलीको तडक भडकभन्दा जल, जमिन र जयवायु परिवर्तनको नकारात्मक प्रभाव रोक्न यो उदाहरणीयक कदम भएको बताउदै चौलागाईंले जलवायु परिवर्तनको नकारात्मक असर र मधेशमा पानीको हाहाकार हुने समस्यालाई यस्ता कार्यले निस्तेज पार्न राम्रो भूमिका खेल्ने बताए ।
बरिष्ठ पत्रकार राघव साहले वृक्षारोपण अभियान प्रभावकारी कदम भएको बताउदै जन्मदिनमा आधुनिक समयका चिकित्सकले समेत वृक्षारोपण अभियानलाई उच्च प्राथमिकतामा राखी केक बहिस्कृत अभियान चलाउनु निकै प्रभावकारी कदम भएको बताए ।
आयोजक संस्थाका सल्लाहकार चन्द्रकिशोर चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता, महासमिति सदस्य शैलेन्द्र कुमार यादव, नेपाल पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष युवराज खड्का लगायतकाले डा. चौधरीको जन्मदिनको अवसरमा उनको उत्तरोत्तर प्रगतिको कामना गर्दै बृक्षारोपण कार्य गर्नु भएकोमा प्रशंसा गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य रामजनम चौधरी, पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, थारु पत्रकार संघ पर्साका अध्यक्ष शम्भु महतो लगायत विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी एवं स्थानियहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।