निशुल्क आँखा शिविर सम्पन्न  

निशुल्क आँखा शिविर सम्पन्न

रौतहट १४ मंसिर

पूर्व विद्यार्थी समाज श्री सरस्वती मावि मलाहिटोलको पहलमा गरीव, दलित, महिला, मुस्लिम समुदायलाइ लक्षित गरी निःशुल्क आँखा शिविर सो विद्यालयको प्रांगनमा १ दिने मंसिर १४ गते शुक्रवार सम्पन्न भएको छ । आँखा शिविरमा पहिचान गरिएका मोतियाविन्दुका विरामीहरुलाइ शल्यक्रिया समेत निःशुल्क हुने भएको छ । विहान ९ वजे देखी सञ्चालन भएको शिविरमा २२४ महिला र २०१ पुरुष गरी जम्मा ४२५ जना सेवाग्राही लाभान्वित भएका छन । जसमध्ये १२६ जनालाइ मगलवार, बुधवार र विहिरवार गौर आँखा अस्पताल पुरेनवामा निःशुल्क शल्याक्रिया हुनेछ । यो कार्यक्रम डेक फाउन्डेसनको आर्थिक सहयोग, नेपाल नेत्र ज्योति संघ,गौर आँखा अस्पतालको आयोजना, र स्थानीय आयोजक गरुडा आँखा अस्पताल, श्री सरस्वती मावि मलाहीटोलको पूर्व विद्यार्थी समाजको नेतृत्वमा सम्पन्न भएको थियो ।

शिविरमा आएका सेवाग्राहीलाइ आयोजक संस्थाहरुले निःशुल्क रुपमा औषधि ४५ जनालाई, चश्मा १२८ जनालाइ र लेन्स सहितको आँखाको निःशुल्क शल्यक्रिया १२६ जना तथा सहभागि सम्पुर्णलाइ परामर्श समेत दिएको थियो । सो कार्यक्रममा गौर आँखा अस्पताल पुरेनवाका डा शिव कुमार यादव, लालवावु साह, अमित दास, सुशिल पासवान लगायत ९ जनाको प्राविधिक टोली, नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवाको कार्यक्रम संयोजक सतेन्द्र पाण्डे, पुर्व विद्यार्थी समाजका इन्द्रजीत सहनी, शिवचन्द्र प्रसाद साह, अम्विका सहनी, साहेव सहनी, अमरुल आलम, विश्वन्नदन सहनी, विवेक सहनी, मुकेश शाह, जितेन्द्र सहनी, बालकृष्ण सहनी, लगायत दर्जनौ स्वयसेवकहरुले कार्यक्रममा सहजीकरण गरेका थिए ।साथै शल्यक्रिया गर्न सकिने सेवाग्राहीलाइ गौर आँखा अस्पतालसम्म जाने आउने यातायातको सुविधा निःशुल्क रहने आयोजकले वताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।