प्रधान सेनापति शर्मा र भारतीय समकक्षीबिच भेटवार्ता
प्रधान सेनापति शर्मा र भारतीय समकक्षीबिच भेटवार्ता

काठमाडौँ २६ मंसिर
भारत भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले भारतीय समकक्षीलाई भेटेका छन् । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग बुधवार उनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
प्रधान सेनापतिले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग पनि भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।





