पत्रकार महासंघ पर्साको बैठक सम्पन्न, पत्रकारहरुको हकहितका लागि ग¥यो विभिन्न निर्णय

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको बिहिवार सम्पन्न बैठकले पर्सेली पत्रकारहरुको हकहितका लागि विभिन्न निर्णयहरु गरेको छ ।
महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा बसेको सो बैठकले महासंघको आगामी कार्ययोजनालाई प्रभावकारी बनाउन पर्सा शाखाका पूर्व अध्यक्षहरु र पत्रकार सम्बद्ध विभिन्न संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरु सँग परामर्श बैठक राखी राय, सल्लाह, सुझावहरु लिने निर्णय भएको जनाईएको ।
त्यसैगरी पर्सेली पत्रकारहरुको सिप, दक्षता अभिबृद्धिका लागि वीरगंज स्थित वीरगंज कलेज सँग समझदारी गर्ने तथा सञ्चारकर्मीहरुलाई कानुनी परमर्श तथा सेवाका लागि नेपाल बार एसोशिएसन पर्सा, स्वास्थ्य तथा शिक्षा लगायतका विषयमा सरोकारवालाहरु सँग सहकार्य र समझदारी गर्ने निर्णय भएको महासंघका सचिव बिजय चौहानले बताए ।
त्यसैगरी बैठकले आमसञ्चार प्राधिकरण मधेश प्रदेशले प्रदान गर्ने एआई सम्बन्धि तालिम पर्सामा सञ्चालन गर्ने तथा पत्रकार महासंघ पर्सा शाखाको निवर्तमान कार्यसमितिका कोषाध्यक्ष सँग हरहिसाब र लगत लिखित रुपमा माग गर्ने निर्णय भएको सचिव चौहानले बताए ।
सो बैठकमा महासंघ पर्साका महिला उपाध्यक्ष निलिमा पौडेल, सचिव बिजय चौहान, सह–सचिवद्वय एसके चौरसिया, अजय चौरसिया, सदस्यहरु आरोहण साह, राहुल गुप्ता, रितेष झा, सुबास राम, अजित भुजेल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।