पत्रकार जियालाल साहलाई धम्की दिनेहरु माथि कानुनी कारबाही गर्न पत्रकार महासंघ पर्साको माग

वीरगंज । पत्रकार महासंघका सदस्य तथा सिधा कुरा डटकमका संवाददाता जियालाल साहलाई धम्की दिनेलाई नेपाल पत्रकार महासंघ पर्साले कारबाहीको माग गरेको छ ।
नेकपा एमाले कार्यकर्ताले आफ्ना नेता विरुद्ध समाचार लेखेको भन्दै आँफुलाई अभद्र व्यवहार गर्नुका साथै धम्की पनि दिएको पत्रकार साहले जानकारी गराएपछि पत्रकार महासंघ पर्साले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पत्रकार साहलाई धम्की दिनेहरुलाई कानूनी कारबाहीको दायारमा ल्याउन नियमनकारी निकाय संग माग गरेको हो ।
महासंघ पर्साका सचिव विजय कुमार महतोले जारी गरेको विज्ञप्तिमा पत्रकार साहलाई समाचार लेखेकै कारण केही व्याक्तिले सामाजिक सञ्जाल मार्फत दिइरहेको मानसिक तनाव र दबाबप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
सिधा कुरा अनलाइन पोर्टलमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौनीको औराहा पचगावामा पुस १४ गते आयोजित कार्यक्रममा ‘विवादीत पुष्ठभूमी’का व्याक्तिलाई पार्टीमा प्रवेश गराएको सम्बन्धि समाचार लेखेको बहानामा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो नै राखरे धम्कीपूर्ण स्टाटस लेख्नु र लेख्न लगाउनु आपत्तिजनक रहेको महासंघले जनाएको छ ।
प्रकाशित समाचार प्रति चित्त नबुझेको खण्डमा कानूनी उपचारको प्रकृया हुदाँहुदैंपनि सामाजिक सञ्जाल मार्फत धम्की दिनु सञ्चारकर्मी र सञ्चारमाध्य प्रतिको बक्रदृष्टि रहेको भन्दै त्यस्ता धम्की दिने र मानमर्दन गर्नेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन पत्रकार महासंघले नियमनकारी निकाय संग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।