राष्ट्रिय मुक्ति पार्टी पर्साको पार्टी कार्यलय उद्घाटन

राष्ट्रिय मुक्ति पार्टी पर्साको पार्टी कार्यलय उद्घाटन

वीरगंज १० फागुन

बहुलराष्ट्रिय राज्यको स्थापना र स्वदेशवाद एवं सामुदायिक समाजवादको नारासहित पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा स्थापित पार्टीको पर्सा जिल्ला कार्यालय शनिवार वीरगन्जमा उद्घाटन भएको छ।

वीरगन्जस्थित चिनी मिल आवास क्षेत्र अगाडि सञ्चालनमा आएको पार्टी कार्यालयको उद्घाटन केन्द्रीय सदस्य नेजामुद्दीन शमानीले गर्नुभएको हो। उद्घाटनपछि पार्टी कार्यालयमा पर्सा जिल्ला संयोजक राजेश साहको अध्यक्षतामा बैठक बसेको थियो।

बैठकमा पार्टीका केन्द्रीय सदस्य शमानी, अनिरुद्ध प्रसाद कलवार, रेखा घिमरे, जयलाल साह, सरीता कुमारी साह, हजरत खां, हाकिम मियाँ, दिव्य प्रकाश चतुर्वेदीलगायत जिल्ला नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा जिल्लामा पार्टीको सङ्गठन विस्तारलाई तीव्रता दिने र यही फागुन १२ र १३ गते हुने केन्द्रीय समितिको बैठकबारे छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।