कर्मचारीको पाखुरामा हात राख्दा विवादित बनेका न्युजिल्याण्डका मन्त्रीले दिए राजीनामा
कर्मचारीको पाखुरामा हात राख्दा विवादित बनेका न्युजिल्याण्डका मन्त्रीले दिए राजीनामा

काठमाडौं । कर्मचारीको पाखुरामा हात राख्दा आलोचित भएका न्युजिल्याण्डका वाणिज्यमन्त्री एन्ड्रयु बेलीले पदबाट राजीनामा दिएका छन् ।
गत हप्ता उनले टोलीका एक सदस्यको माथिल्लो पाखुरामा आफ्नो हात राखेका थिए । सो विषयमा आलोचना भएपछि बेलीले सोमबार राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ ।
उनले घटनाबाट आफू ‘दुःखी’ भएको र कुनै बहसमा प्रवेश नगरेको बरु यो ‘जोश र ऊर्जाले भरिएको छलफल’ भएको प्रतिक्रिया दिएका छन् । यद्यपि, मन्त्री पद छोडेपछि पनि बेलीको सांसद पद भने कायम नै रहनेछ ।
बेलीले आफ्नो बयानमा भने, ‘गत हप्ता मेरो कर्मचारीको एक सदस्यसँग कामको बारेमा चर्को छलफल भइरहेको थियो । मैले छलफललाई धेरै टाढा लगेँ र उनको माथिल्लो पाखुरामा मेरो हात राखेँ, जुन अनुपयुक्त थियो ।





