भारतको बंगालमा ५.१ रिक्टर स्केलको भूकम्प

भारतको बंगालमा ५.१ रिक्टर स्केलको भूकम्प

भारतको पश्चिम बंगालमा बिहान भूकम्प गएको छ ।भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार बिहान ६ बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो । क्षतिको विवरण आइसकेको छैन ।

यसअघि फेब्रुअरी १७ मा बिहान ५ः३६ बजे दिल्ली एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।