पूर्व संविधान सभा सदस्य इस्लाम हवारी राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश

पूर्व संविधान सभा सदस्य इस्लाम हवारी राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश

वीरगंज २० फागुन

राष्ट्रिय मुक्ति पार्टी नेपालमा आज पूर्व संविधान सभा सदस्य एवं आम जनता पार्टीका केन्द्रीय सचिव माननीय इस्लाम हवारी प्रवेश गरेका छन् । पर्सा जिल्लामा आयोजित विशेष कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री माननीय राजेन्द्र महतोको हातबाट हवारीले औपचारिक रूपमा पार्टीको सदस्यता ग्रहण गरेको छ ।

कार्यक्रममा माननीय इस्लाम हवारीसँगै अन्य दर्जनौँ नेता तथा कार्यकर्ताहरू पनि राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । यस अवसरमा पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कलवार लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता पार्टीका पर्सा जिल्ला अध्यक्ष राजेश साहले गरेका थिए । कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका विभिन्न नेताहरूले नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै पार्टीको वैचारिक मार्गदर्शनबारे जानकारी गराए ।

पार्टी प्रवेशपछि माननीय इस्लाम हवारीले राष्ट्रिय मुक्ति पार्टी नेपाल मधेश सहित देशको अधिकार र पहिचानको लागि लड्ने एकमात्र पार्टी भएको बताए । उनले राष्ट्रिय मुक्ति क्रान्तिलाई अझ सशक्त बनाउन आफ्नो पूर्ण योगदान रहने र यो देश बहुलराष्ट्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

यस पार्टी प्रवेशसँगै पर्सा जिल्लामा राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन थप बलियो भएको पार्टीका नेताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।