नेपाल जनता पार्टी केन्द्रीय समितिको बैठक सम्पन्, हिन्दू राष्ट्र स्थापनाको लागी सम्पूर्ण शक्ति परिचालन गर्ने

नेपाल जनता पार्टी केन्द्रीय समितिको बैठक सम्पन्, हिन्दू राष्ट्र स्थापनाको लागी सम्पूर्ण शक्ति परिचालन गर्ने

बीरगंज ८ चैत्र

नेपाल जनता पार्टी केन्द्रीय समितिको बैठक बीरगंजमा सम्पन् भएको छ। बैठक लाई सम्बोधन गर्दे नेजपा केन्द्रीय अध्यक्ष त्रिभुवन नाथ पाठकले भने सनातन हिन्दू राष्ट्र नेपाल स्थापना हेतु सम्पूर्ण शक्तिहरु परिचालन गर्ने बताए। साथै हिन्दू राष्ट्र पक्षधर शक्तिहरु संग हाम्रो समन्वय र सहकार्य जारी छ। संगठन विस्तारको कार्य लाई तीव्रता दिन पार्टीका नेता एवं कार्यकर्ताहरु कड़ा निर्देशन दिनुभयो। बैठकमा आफनो विचार राखदै नेजपा केन्द्रीय वरिष्ठ नेता एवं वार्ता समिति संयोजक संतोषानन्द महाराजले भने देशमा हिन्दू राष्ट्रको माहोल बन्दै गई रहेको बेलामा हिन्दू राष्ट्रको विरोध गर्ने समूह लाई तह लगाऊंने बेला आएको बताए। हामी नेपालीहरुहरु जबरजस्ती धर्म-निरपेक्षता लादीएको कुरा प्रमाणित भई सकयो। नेपालमा बसेर हिन्दू राष्ट्रको विरोध गर्ने समूह विदेशीको दलाल हो। सच्चा नेपाली एसको विरोध गर्दैन। नेजपा केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जयसवालले भने हिन्दू राष्ट्रको विरोध गर्ने र धर्म परिवर्तन गराउने लाई ठोकनू परने जीकर गरेका थिए। केन्द्रीय संगठन महामंत्री इंजीनियर राजिंनन्द चौधरीले भने हिन्दू राष्ट्रको लागी सम्पूर्ण सनातनीहरु संगठित भई रहेको बताए। संगठन निर्माण कार्यमा लागन सबै लाई निवेदन गरेका थिए। नेपाल जनता पार्टी केन्द्रीय समितिको बैठकमा नेजपा केन्द्रीय अध्यक्ष त्रिभुवन नाथ पाठक, वरिष्ठ नेता संतोषानन्द महाराज, उपाध्यक्ष ओमप्रकाश जयसवाल, संगठन महामंत्री ई.राजीनंद चौधरी, केन्द्रीय सदस्यहरु प्रहलाद साह कलवार, अरुण चौधरी, सुरेश साह कानू, बिनोद कुर्मी, पारस दुबेदी, रामउजैन राय यादव, बंदना पाण्डेय, डा. मिश्रीलाल मण्डल, गोपाल दास, बैजनाथ चौधरी, अनु ठाकुर, मधेश प्रदेश अध्यक्ष शत्रुध्न शाह, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, बारा जिल्ला अध्यक्ष कृष्णा शुक्ला, रौतहट जिल्ला अध्यक्ष मनोज पटेल, महोतरी जिल्ला अध्यक्ष विजय साह, सरलाही जिल्ला उपाध्यक्ष मणिशंकर सिंह, पर्सा जिल्ला उपाध्यक्ष धीरज साह, महामंत्री नबीन मिश्रा, मंत्री आनन्द सिंह कुर्मी, महिला मोर्चा पर्सा संयोजक संगीता गुप्ता, सह संयोजक रेखा वर्णवाल सहित दर्जनौ अगुवा नेताहरु सहभागी रहेका थीए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।