शिक्षक नियुक्तिमा नगरप्रमुखको मोह
शिक्षक नियुक्तिमा नगरप्रमुखको मोह

वीरगंज ८ चैत्र
पर्सा जिल्लाको पर्सागढी नगरपालिका वार्ड नम्बर ३ स्थित रहेको श्री जनता माध्यमिक विद्यालयमा पकडिया बढनिहारमा तीन जना शिक्षक नियुक्ति गर्दा अनियमितता
भएको भन्दै वडा अध्यक्ष सुखमान तामाङ्गले आज स्कुलका हाजिरी रजिस्टर प्रहरी चौकी बढनिहार असई कृष्ण राइ सञ्चारकर्मी शिक्षक स्थानीय हरूको रोहबरमा नियन्त्रणमा लिएका छन् २०८१ पुसमा नेपाली र समाजिक विषयका लागि शिक्षक नियुक्ति गर्न आफूसँग सिफारिस गराएकोमा सो सम्बन्धी सूचना जारी नगरिएको आरोप लगाएका छन्।
वडा अध्यक्ष तामाङ्गले प्रधानाध्यापक मोहन लाल चौधरी गत माघ २७ गते लेखा र नेपाली विषयका लागि शिक्षक नियुक्ति गर्न सिफारिस गराएको तर सूचना प्रकाशित नगरेको बताए।
यसबीच पछिल्लो पटक २० गते शिक्षक नियुक्तिको लागि सूचना प्रकाशन गर्न निर्णय भएको तर सो सूचना प्रकाशन नगरिएको अहिले विद्यालय व्यवस्थापन समितिको म्याद सकिन लाग्दा आफूसँग कुनै सोधपुछ नगरी प्र चौधरीले चैत्र ६ गते विद्यालय व्यवस्थापन समितिको निर्णय भनेर नेपाली समाजिक र गणित गरी तीन विषयका लागि शिक्षक नियुक्तिका लागि सूचना प्रकाशन गरे ।
सूचना प्रकाशन गरेपछि वडा अध्यक्ष सुखमान तामाङ्गले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याललाई यस विषयमा जानकारी गराउँदा उनले अहिलेको लागि यो शिक्षक भर्ना कार्यलाई मौखिक आदेशसमेत प्र अ मोहन चौधरीलाई दिएका थिए। तर पनि उनले आदेशलाई पालना नगरी पुन आफ्नै शैलीमा कार्य गरेका छन्। उनले
लगत्तै चैत्र ७ गते वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० स्थित रहेको श्री पन्नालाल माविमा परीक्षा लिएर सोही दिन तीनवटा शिक्षकको नामावली गुपचुप प्रकाशन गरेका छन् । यसअघि चैत्र ५ गते सूचना प्रकाशन गरेर शिक्षक नियुक्तिका लागि लिन भनिएको परीक्षा स्थगित गरिएको सूचना निकालेका थिए।
एक दिनअघि स्थगित र अर्को दिन म्याद सकिएको विद्यालय व्यवस्थापनको निर्णय भनेर सूचना प्रकाशित गर्नु र परीक्षा लिएर सोही दिन नतिजा प्रकाशन गर्नु चरम अनियमितता भएको छ ।
बीरगञ्जमा नतिजा प्रकाशन गरिएको भन्दै चैत्र ८ गते पर्सागढी नगरपालिकाको कार्यालय तथा वडा कार्यालय मा सूचना प्रकाशन गरिएको टाँस नगरी चैत्र ७ गते छनौट गरिएका तीनजना शिक्षकहरू मावि करार सामाजिक शिक्षाको लागि प्रबिन्दा पंजियार ,मावि गणित सन्दिप प्रसाद चौहान उच्च मावि अनुदान नेपाली विषयका लागि माधवराज घिमिरे को नाम पन्नालाल मावि मा टासगरी को प्र अ चौधरीको भनाई रहेको छ।
आज आठ गते दश बजे सो शिक्षक शिक्षाका लाइ हाजिर प्र अ ले नगर पालीका वडा कार्यालय मा नतिजालाई टाँस नगरी हाजिर गराइरहेको समयमा वडा अध्यक्ष सुकमान तामाङ्गले हाजिर रजिस्टर नियन्त्रण लीइ पर्सागढी नगर पालीका का प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर चन्द्र बंशी जनकारी दिएका छन।
यो सबै बिषयमा प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर चन्द्र बंश बुझदा आफु लाइ यो सबै बिषयमा जानकारी नरहेको र यो बिषयमा बुझनको लागि हिजै देखी शिक्षा शाखा प्रमुख देव कुमार गिरी संग सम्पर्क गर्न खोजदा हाल सम्म सम्पर्क हुन सकेको बताए । उनका अनुसार नियम संग यदी भएको छैन भने सम्बन्धित करवाहि हुने छ।
नियुक्त गरिएका शिक्षक हरू मध्ये नेपाली विषयका शिक्षक माधवराज घिमिरे नगरप्रमुख गोकर्ण पाठकका आफ्नै नातेदार रहेको खुलेको छ भने अरु दुईजना शिक्षक पनि पार्टीगत रहेको स्थानीयहरूले आरोप लगाएका छन्। यसअघि पनि नगरपालिकाले नगरभित्र रहेका विद्यालयहरूको लागि करारमा शिक्षक नियुक्ति गर्दा आफ्नो छोरी र दाइको बुहारीलाई समेत नियुक्त गरेका छन्।
नगरप्रमुख पाठक नवनिर्वाचित हुनासाथ चारवटा वडाहरूमा स्थापना गरिएको आधारभूत स्वास्थ्य चौकीमा करारमा खटाइएका चार जना अहेव चारजना अनमी र चारजना कार्यालय सहयोगीलाई नगरप्रमुखले तलब खुवाउन नसकिने भन्दै हटाएका थिए। हटाए लगत्तै नगरप्रमुखले आफ्ना आसेपासेका कार्यकर्ता लाई पुनः भर्ना गरेका छन्।






