श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुअरी बहुदरमाई शिक्षक नर्मदेश्वर मिश्राको विदाई
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुअरी बहुदरमाई शिक्षक नर्मदेश्वर मिश्राको विदाई

वीरगंज ८ चैत
शिक्षक नर्मदेश्वर मिश्रा २०४०/०५/२३ मा रानीगंज निमावि पर्सामा अस्थाई शिक्षकको रूपमा सेवा प्रवेश गरि सोहि विद्यालय रानीगंज निमाविमा २०४०/०९/०१ मा स्थायी नियुक्ति प्राप्त गर्दै रानीगंज निमाविबाट २०४५/०४/१६ मा सरुवा भई श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डोकैला बहुअरी बहुदरमाई नपा – ४ , पर्सामा कार्यारत रहदै आएका प्रावि द्धितीय श्रेणीका शिक्षक ४१ वर्ष ३ महिना २ दिन शिक्षण सेवा गर्दै आदर्णिय श्री नर्मदेश्वर मिश्राज्यू २०८१/८/२५ मा सेवा निवृत्त भएकोमा मावि डोकैला बहुअरी विद्यालयका शिक्षक तथा विद्यालय परिवारको तर्फबाट आज मिति २०८१/१२/०८ गते शुक्रबारको दिन विद्यालयको प्र अ श्री अजय कुमार यादवज्यूको सभापतित्व तथा सम्पूर्ण शिक्षक विद्यालय कर्मचारी परिवार र विद्यार्थीहरूको तर्फबाट वहाँको शिक्षण सिकाईको कदर गर्दै सम्बन्धित शिक्षकलाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरि आदर्णिय शिक्षक श्री नर्मदेश्वर मिश्राज्यूलाई शिक्षक परिवारहरूले वहाँको निज निवास वीरगंज – २८ , बगही पर्सासम्म पुर्याउन सहयोग गरेका थिए । यो कुराको जानकारी सोही विद्यालयका मावि शिक्षक नेपाल शिक्षक महासंघ पर्साका सह सचिव तथा पेन्सन बञ्चित शिक्षक समूह जिल्ला संघर्ष समिति पर्साका संयोजक रामबालक प्रसाद यादवले जानकारी गराउनु भयो । कार्यक्रममा स्वगत मन्तव्य विद्यालयका शिक्षक किरन प्रसाद यादवले गर्नु भएको थियो भनेर कार्यक्रमको संचालन विद्यालयका प्रावि शिक्षक राजेश ठाकुरले गर्नु भएको थियो ।






