वीरगन्जमा ‘मधेस साहित्य महोत्सव’हुने
वीरगन्जमा ‘मधेस साहित्य महोत्सव’हुने

वीरगंज २० चैत्र
देशकै आर्थिक नगरी वीरगन्जमा ‘मधेस साहित्य महोत्सव’ आयोजना हुँदैछ । उत्कर्ष नेपालको आयोजनामा वीरगन्जमा यहि चैत्र २२ र २३ गते ‘मधेस साहित्य महोत्सव’ आयोजना हुन लागेको हो । मधेसको सामाजिक,सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्जमा ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले वीरगन्ज मरेको छैन ,अझै पनि जिन्दा छ भन्ने सन्देश पनि महोत्सवले दिनेछ।’
पत्रकार सम्मेलनमा उत्कर्ष नेपालका अध्यक्ष रितु राजले पहिलो पटक आयोजन गर्न लागिएको ‘मधेस साहित्य महोत्सव’ ले तराई–मधेसको भाषा,साहित्य,कला र संस्कृतिसहित मधेसको समग्र पहिचानलाई उजगार गर्ने अपेक्षा लिएको बताए ।
पत्रकार सम्मेलनमा ‘मधेस साहित्य महोत्सव’आयोजन समितिका सल्लाहकार तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य,उत्कर्ष नेपालकी सचिव अन्जु महतो,जय साह,जय यादव,विवेक कर्ण लगायतको उपस्थिती थियो ।






