पराेहाकाे तेजापाकडमा विष्णु महायज्ञ यहीं चैत्र ३१ गते कलस यात्रा
पराेहाकाे तेजापाकडमा विष्णु महायज्ञ यहीं चैत्र ३१ गते कलस यात्रा

प्रेमचन्द्र झा चैत्र २५ गते
राैतहट। परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकड स्थित विष्णुमहायज्ञको तयारी अन्तिम अवस्थामा पुगेका छन । विश्व कल्याणका लागि हुन लागेकाे साे महायज्ञको कलस यात्रा यही चैत्र ३१ गते हुन लागेको हो ।
बाैधीमाई मन्दीर परिषरमा हुनलागेको सो यज्ञमा करिब ३५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ। आयोजक समितिका प्रमुख रसिक रामचन्द्र दासले दिएको जानकारी अनुसार यज्ञलाई सभ्य ,भव्य एवं विधि पुर्वक सम्मन गर्न परोहा नगरपालिका र अन्य स्थानीय दानी दाताहरुले खुशी खुशी सहयोग गरि रहेको बताए ।
सो २३ कुण्डिय विष्णु महायज्ञका लागि आवश्यक पर्ने विशाल मण्प स्थानीय जनताले आफै बनाएको यज्ञका प्रमुख आचार्य गाैरी शंकर तिवारीले बताए । विष्णु महायज्ञ यज्ञको २०८२ साल बेैशाख ०९ गते समापन हुने कार्यक्रम रहेको बताउदै आचार्य तिबारीले महायज्ञमा ५२ अबतारकाे मुर्ति सहित अन्य देवी देवताकाे मुर्ति तथा वृन्दावनका विद्वान कथा वाचक द्दारा भागवत कथा वाचन प्रवचन र रासलिला सहित अन्य खेलकुदकाे ब्यवस्था गरिएको भने ।






