कानुन मन्त्री चौरसियाले गरे सभाहलको शिलान्यास

कानुन मन्त्री चौरसियाले गरे सभाहलको शिलान्यास

वीरगन्ज २२ बैशाख

पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा आज एक कार्यक्रमका बिच सभाहलको शिलान्यास गरिएको छ ।

पर्सागढी नगरपालिकाको वडा नम्बर–३ स्थित बढनिहारमा कानुन मन्त्री अजयकुमार चौरसियाले सभाहलको निर्माणको लागि शिलान्यास गरेका हुन ।


कार्यक्रमबिच मन्त्री चौरसियाले उक्त भवनको शिलान्यास गरेको कार्यक्रममा सहभागी सरिफ मियाले बताए । उनका अनुसार दुइ तल्ले भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।

केन्द्र सरकारको एक करोड रुपैयाँको बजेटमा उक्त भवन निर्माण गर्न लागिएको हो । यही आर्थिक वर्षभित्र निर्माणको कार्य सम्पन्न हुने गरी शिलान्यास गरिएको कानुन मन्त्रीको सचिवालयले जनाएको छ ।

शिलान्यास कार्यक्रममा श्याम पटेल, पूर्व मेयर लोक नारायण यादव लगायत, वडाध्यक्ष सुकमान तामाङसहित शंकर राय, क्षेत्रीय सचिव रञ्जित पटेल, इमाम मिया तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।