भारतीय हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

भारतीय हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

काठमाडौं २५ बैशाख

भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । बुधबार भारतीय सेनाले ‘अपरेसन सिन्दुरु’ को नाममा पाकिस्तानका विभिन्न नौ स्थानमा एक साथ मिसाइल आक्रमण गरेको हो ।

राति १:०५ बजेदेखि साढे १ बजेसम्म चलाइएको सो आक्रमणमा ३१ पाकिस्तानी नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको पाकिस्तान सेनाले जनाएको छ।

भारतले जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफस्वरूप सो हमला गरेको जनाएको छ । भारतीय सेनाका अनुसार उक्त हमलामा आतंकवादी समूहका नौ अड्डाहरू निशानामा परेका थिए।

भारतीय आक्रमणको केही समयमै पाकिस्तानले जवाफी आक्रमण स्वरूप लाइन अफ कन्ट्रोलमा बमबारी गरेको र त्यसमा १० जना भारतीय नागरिकको मृत्यु भएको छ। सभांर: लोकपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।