प्रधानमन्त्रीसँग ‘लस एन्ड ड्यामेज फन्ड’ का कार्यकारी निर्देशकको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको हानी–नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आइतबार शिष्टाचार भेट गरेका छन् ।

काठमाडौं ४ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको हानी–नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आइतबार शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृंखलामा सहभागी भएकामा धन्यवाद दिए । हिमाल र वातावरणको रक्षा हुन नसके मानवीय जीवनमा असुुरक्षा हुने भएकाले यस विश्व समुदायको ध्यान पुुग्नुुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

कतिपय ठूला धनी मुलुक पेरिस सम्झौताबाट पछि हट्न खोजेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेको सगरमाथा र हिमालहरूको रक्षा नेपालका साथै विश्वका लागि उत्तिकै महत्वको सवाल भएको बताए ।

कार्यकारी निर्देशक डाइओङले सगरमाथा संवादजस्तो महत्वपूूर्ण सम्मेलन आयोजनाका लागि नेपाललाई बधाई दिँदै कोषका तर्फबाट आगामी दिनमा रकम परिचालन गर्दा नेपालजस्ता मुुलुकलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाललगायत सहभागी थिए ।

कोप–२७ को निर्णयका आधारमा जलवायु परिवर्तनको मार खेपिरहेका विकासोन्मुुख मुलुकलाई सहयोग गर्न उक्त कोष खडा गरिएको हो । कोषको बोर्डमा पेरिस सम्झौतामा हस्ताक्षरकर्ता मुलुुकबाट २६, विकासित मुलुकबाट १२ र विकासोन्मुुख मुलुकबाट १४ सदस्य रहनेछन् ।

अल्पविकसित मुुलुकका तर्फबाट नेपालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. ढकाल बोर्डको आमन्त्रित सदस्य रहेका छन् । संभार:अनलाइनखबर

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।