पर्यटन विकास कार्यालय प्रमुख जयसवालको इगोका कारण भाथाधाम मन्दिरको भुक्तानी रोकियो
पर्यटन विकास कार्यालय प्रमुख जयसवालको इगोका कारण भाथाधाम मन्दिरको भुक्तानी रोकियो

वीरगन्ज २७ असार
पर्सा जिल्ला स्थित पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेको प्रमुख धार्मिक एंव पर्यटकीयस्थल भाथा धाममा रहेको दुग्धेश्वरनाथ महादेव मन्दिरमा हालै गरिएको सौन्दर्यकरण लगायतका निर्माणका भएको छ सो काममा खर्च भएको रकमको भुक्तानी रोकिएको छ ।
मधेस प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको चालू आर्थिक वर्षको योजना अन्तर्गत दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिले ३९ लाख ५० हजार रुपैयाँ खर्च गरेर मन्दिरको सिढिंको रेलिङ र सौन्दर्यकरणको काम गरेको छ । उक्त काममा भएको खर्चको रकम वीरगन्जस्थित पर्यटनन विकास कार्यालयले भुक्तानी नगरिदिएका कारण डुब्ने अवस्थामा पुगेको समितिका पदाधिकारी र सदस्यहरुले बताएका छन् ।
पर्यटन विकास कार्यालय वीरगन्ज की प्रमुख बबिता जयसवालले व्याक्तिगत इगो राखेर चालू आर्थिक वर्षमा रकम भुक्तानी नगरेको समितिका सदस्य मनोज यादवले बताए ।
यादवका अनुसार, समितिले सबै काम सकाएर बील र भपाईसहितको फाइल भुक्तानीका लागि असार २३ गते पर्यटन विकास कार्यालय वीरगन्जमा पेस गरेको थियो । तर त्यसदिन कार्यालय प्रमुख जयसवालले असार २४ गते आउन भनेपछि त्यसदिन जाँदा फेरि जयसवालले असार २५ गते बुधबार आउन भन्दै फिर्ता पठाइदिएको यादवले बताए ।
चैत २५ गते बुधबार बिहान १० बजे नै कार्यालयमा फाइल लिएर पुग्दा कार्यालय प्रमुख जयसवालले ६ घण्टा कुराएर फाइल कार्यालयका ईन्जिनियर दीपक यादवलाई जिम्मा लगाएकी थिइन् ।
त्यहि बेला मधेस सरकारका पूर्वमन्त्री सिंहासन साह कलवारका भाई इन्द्रासन साह कलवार आफ्नो फाइल लिएर पुगेपछि कार्यालय प्रमुख जयसवालले पहिला कलवारको काम गर्नु भनेर यादवलाई आदेश दिएको समितिका सदस्य यादवले बताए ।
कलवारको काम गर्दा गर्दै बेलुकीको ७ बजेपछि आँफुहरुले यादवबाट फाइल फिर्ता लिएर कार्यालय प्रमुख जयसवालको कार्यकक्षमा गएको समितिका सदस्य यादवले बताए ।
त्यसपछि कार्यालयका लेखापाल अकलेश यादवले उक्त फाइल लिएर बेलुकी ८ बजे कोष तथा लेखा नियन्त्रण कार्यालयमा गएको र आँफुहरुपनि पछि लागेर त्यहाँ पुगेको समितिका सदस्य यादवले बताए ।
कोलेनिकामा पुग्दा कार्यालय प्रमुख जयसवालपनि त्यहि भेटिएको भन्दै समितिका सदस्य यादवले भने,‘ कार्यालय प्रमुख जयसवालले म काम गराई दिन्छु तपाइहरु घर जानुस् भनेपछि हामी विश्वास गरेर राति १० बजे तिर घर गयौै । तर चैत २६ गते आज बिहान ७ बजे जयसवाललाई फोन गर्दा नेटवर्क र सर्भरले काम गरेन , त्यसैले तपाइहरुको भुक्तानी हुन सकेन भनेर जवाफ दिनुभयो ।’
भुक्तानी नभएपछि चिन्तामा परेका समितिका अध्यक्ष अलखदेव प्रसाद थारुसहितका सदस्यहरु बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई गुनासो पोख्न पुगेका थिए । त्यसैक्रममा भेटिएका समितिका सदस्य यादवले भने,‘ कार्यालय प्रमुख जयसवालले व्याक्तिगत इगो राखेर हाम्रो कामको भुक्तानी जानाजानी रोकिदिनु भएको हो ।’
उनका अनुसार, प्रदेश ससरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा मन्दिरको सौन्दर्यकरणको लागि बजेट परेको समयदेखि नै कार्यालय प्रमुख जयसवालले काम हुन नदिन बखेडा गर्दै आइरहेकी थिइन् ।जयसवालले नातामा भिनाजु पर्ने प्रदेश सरकारका एक मन्त्रीबाट शिलान्यास गराएमात्रै काम गर्न दिने शर्त राखेको तर आँफुहरुले त्यो कुरा नमानेको समितिका सदस्य यादवले बताए ।
त्यहिकारण जयसवालले मन्दिर सौन्दर्यकरणको काम समितिलाई नदिएर वीरगन्जका ठेकेरदार राजेश पटेललाई दिएको तर समिति र स्थाननीयले चर्को विरोध गरेपछि समितिले काम पाएको सदस्य यादवले बताए ।
जेठ २५ गतेनै तयार भएको कार्यदेशको पत्र कार्यालय प्रमुख जयसवालले समितिलाई असार १९गतेमात्रै दिएकोपनि यादवले बताए ।
बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा भेटिएका समितिका अध्यक्ष थारुले बुधबार राति नै सरकारी खाता बन्द भएको र आँफुहरुको रकम भुक्तानी नहुदाँ काममा भएको खर्च डुब्ने चिन्ताले सताएको गुनासो गरे ।
उनले भने,‘ समितिले व्यपारीहरुबाट उधारोमा सामान किनेर लगाएको छ । ज्यलामजदुरको पैसा अरुबाट सापटी मागेर दिएका छौं । अब उनिहरुले ताकेता गरिरहेका छन् । हामीले उनिहरुको पैसा कहाँबाट ल्याएर फिर्ता दिने ?।’
सुरुमा कार्यालय प्रमुख जयसवालले मन्दिरको सौन्दर्यकरणको काम ठेक्कामा दिएका ठेकेदार पटेललाई पनि आँफुहरुले त्यसबेला समितिलाई काम दिनका लागि फकाउन मन्त्रीको आग्रहमा ३ लाख रुपैयाँ दिएको समितिका सदस्य यादवले बताए । उनले भने,‘ त्यो रकमपनि डुब्ने भयो ।’
समितिका अध्यक्ष थारुले आँफुले भनेको ठेकेदारले काम नपाएको र मन्त्रीबाट शिलन्यास गराउन नपाएको रिसमा व्याक्तिगत इगो राखेर भुक्तानी रोक्ने कार्यालय प्रमुख जयसवालका विरुद्ध जनतालाई सडकमा उतार्ने चेतावनी दिए । उनले भने,‘ हामी त डुब्यौ डुब्यौ ।अब अर्को कुनै उपाय छैन । गाँउबाट वीरगंज जनता ल्याएर कार्यालय प्रमुख जयसवालको विरोधमा प्रदर्शन गर्छौ । कार्यालय घेराउ गर्छौ ।’
यसबारेमा प्रतिकृया लिन कार्यालय प्रमुख जयसवाललाई बिहीबार अपरान्ह उनको कार्यालयको मोबाइल नम्बर ९८५५०१४०७८ मा फोन गर्दा उनले फोन काटिदिइन् । त्यसपछि फेरि फोन गर्दा उनले मोबाइल नै स्वीच अफ गरिदिएका कारण उनको प्रतिक्रिया लिन सकेनौं । संभार: मधेश खबर