अजय गुप्ताको पहलमा वीरगंजमा ट्याङ्की बाट घरघरमा पानी वितरण
अजय गुप्ताको पहलमा वीरगंजमा ट्याङ्की बाट घरघरमा पानी वितरण

वीरगंज २७ असार
वीरगंज महानगरपालिका तथा आसपासका क्षेत्रमा चापाकल सुकेर खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ । यस्तै संकटको घडीमा वीरगंज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार तथा समाजसेवी अजय कुमार गुप्ताले मानवीय पहल गर्दै आफ्नै वडामा पानी वितरण गर्ने कार्य थाल्नुभएको छ ।
समाजसेवी गुप्ताले सखुवा प्रसौनी गाउँपालिकाबाट वारुण यन्त्र (दमकल) मार्फत पानी ल्याई ट्याङ्कीमा भरि वडाभित्रका बासिन्दाहरुलाई निःशुल्क पानी वितरण गर्न थालेका छन् । उहाँले आफैं घरघरमा पुगेर पानी वितरण गर्दै हुनुहुन्छ, ताकि कसैलाई पनि पानीको अभाव नहोस भन्ने भावनाले बितरण गर्न थालेका हुन ।
यस प्रयासमा गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले दमकल उपलब्ध गराई साथ दिएका छन् । समाजसेवी गुप्ताले चापाकल सुकेर सर्वसाधारणलाई खानेपानीमा ठूलो समस्या परेको हुँदा यस्तो बेला राजनीतिक लाभ होइन, मानवता र सेवाको भावना बोकेर यो कार्य थालेको बताएका हुन ।
उहाँले पानीको समस्या समाधान नहुन्जेलसम्म यो सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्थानीयवासीहरुले गुप्ताको यो कदमलाई अत्यन्त सकारात्मक र अनुकरणीय भन्दै प्रशंसा गरेका छन् ।
हाल वीरगंजका विभिन्न वडामा पानी वितरणमा पक्षपात देखिएको गुनासो भइरहेका बेला गुप्ताले आम नागरिकलाई प्राथमिकतामा राखेर काम गर्नु उल्लेखनीय भएको देखिएको छ ।






