वीरगंजलाई आर्थिक राजधानी घोषणा नगरिए आजपा चुप लागेर बस्दैन्, प्रभु साह चुप लागेर बस्दैन् : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)ले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका वीरुद्धमा वीरगंजमा बदरदारीसभा गरेको छ । वीरगंजमा शनिबार शक्ति प्रदर्शन गर्दै आजपाले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार बिरुद्ध बृहतसभा गरेको हो ।
सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे । वीरगंजको ईतिहास, गौरब र सम्मान शासकबर्गले मेटन खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र वीरगंजलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन् ।
‘शासकबर्गले वीरगंजको ईतिहास, गौरब, सम्मान मेटन खोजिरहेका छन् । वीरगंज उनीहरुका लागि दुहुनो गाई जस्तै भएको छ, यहाँबाट राजस्व मात्रै लिने तर वीरगंजको वीकासमा योगदान नगर्ने’ आजपा अध्यक्ष साहले भने, ‘हामीले वीरगंजलाई जसरी पनि देशको आर्थिक राजधानी घोषणा गराउँछौं । वीरगंजले जति मुलुकलाई राजस्व बुझाउँछ, सो अनुपातमा वीरगंजमा विकास भएको छैन्, वीरगंजको चौतर्फी विकासका लागि आजपाले जस्तोसुकै कदम चाल्न बाध्य हुन्छ ।’
काठमाडौं देशको प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगंज आर्थिक राजधानी किन नहुने भन्दै साहले प्रति प्रश्न गरे । उनले भने, ‘सबैभन्दा बढी राजस्व बुझाउँने वीरगंज । बाढी उधोग व्यवसाय हुने यही बारा, पर्सा हो । यहाँको उधोगी, व्यापारीले तिरेको राजस्वबाट मुलुक चल्ने तर वीरगंज आर्थिक राजधानी किन नहुने ? यथाशिघ्र वीरगंजलाई आर्थिक राजधानी घोषणा नगरिए आजपा चुप लागेर बस्दैन्, प्रभु साह चुप लागेर बस्दैन् ।’
हालै मधेस प्रदेशमा भ्रष्टाचार वीरुद्ध मधेश यात्रा अभियान सम्पन्न गरेको आजपाले सरकारकै संरक्षण एवं मिलोमतोमै भ्रष्टाचार बढदै गईरहेको जनाएको छ । वीरगंजको घण्टाघरमा आयोजित बृहतसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले सरकारकै संरक्षण र मिलेमतोमा राज्यको हरेकक्षेत्रमा भ्रष्टाचार बढेको गम्भिर आरोप लगाए ।
‘सरकार आफै भ्रष्टाचारीलाई संरक्षण गरेको छ । भ्रष्टाचारी जोगाउने, बचाउँने, संरक्षण गर्ने यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन् । भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्री केपी ओलीको सरकारले भ्रष्टाचारी जोगाउँने काम गरेको छ’ आजपा अध्यक्ष साहले भने, ‘वीभिन्न भ्रष्टाचारका काण्डमा ओलीकै नाम जोडिन्छ । तर त्यो काण्डको बारेमा कहिल्यै छानवीन हुदैन् । विभिन्न ठुलाकाण्डको फाईल सरकारले लुकाएर राखेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरु भ्रष्टाचारमै संलग्न छन् । यिनीहरुबाट देश समृद्ध हुदैन् ।’
देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुटनेहरुले हरेक नेपाली माथि विदेशी ऋण बढाउँदै गईरहेका छन् । विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउँने काम यो सरकारले गरिरहेको आरोप साहको छ ।
आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा सम्पन्न सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, नेताहरु राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, रन्जु साह, बबिता साह लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।